हिजो जनता मारेर,आज कांग्रेस, एमालेसँग टाँसिएर प्रधानमन्त्री खाइरहेका प्रचण्ड
रुषा थापा
केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु नमर्नुञ्जेल मुलुकको राजनीतिक उथुलपुथुल भइरहने बताए। राजनीति गर्ने जोकोहीले पनि देश र जनतालाई शिरमा राखेर इमान्दारितापूर्वक राजनीति गर्नुपर्छ। देश र जनताको हितमा काम गर्नुपर्छ। देश र जनतालाई क्षति पुग्ने काम राजनीतिक दलले सरकारमा बसेका प्रतिनिधिहरुले गर्नु हुन्न।
नेपालमा यस्तो प्रधानमन्त्री पनि थिए, जसले आफ्नो केही गल्ती नहुँदा पनि नैतिकताको आधारमा राजीनामा दिए। ०३० असोज २५ गते राति सिंहदरबारमा विद्युत सर्ट भई आगलागी भयो।
त्यसबेला पञ्चायती व्यवस्था भएकाले प्रधानमन्त्री कीर्तिनिधि विष्ट थिए। सिंहदरबारमा आगलागी भएपछि उनले नैतिकताकै आधारमा पदबाट राजीनामा दिएका थिए।
पछिल्लो समय आम सर्वसाधारणमा निराशा छाएको छ। नेपाल नै रहँदैन कि,आफ्नो जन्मभूमि नै गुम्छ कि भन्ने डर, त्रास अहिले जनताको मनमा छ। भारत र चीनले नेपालको धेरै भूभाग कब्जा गरेर लिइसकेको छ।
यता, विदेशी ऋण पनि २७ खर्ब पुगिसक्यो। यो ऋण सरकारले देशै धितो राखेर लिएको भन्दा पनि केही फरक नपर्ला। सरकारी स्वामित्वको महालेखा परीक्षकको कार्यालयअनुसार सरकारको आम्दानीभन्दा खर्च बढी छ।
केही समययता बजारमा बैंक तथा वित्तिय संस्थाहरु डुब्ने अवस्थामा पुगेको अथवा सहकारी भागेको, डुबेको समाचार बाहिरिएका छन्। बजार पूरै आर्थिक मन्दीमा छ। व्यापारव्यवसाय ठप्प छ। दिनहुँ घर, कोठा, सटर, फ्रल्याट खाली भएका छन्।
त्यस्तै, ६२ लाख सर्वसाधारणको सेयरमा लगानी छ। तर, ३२ सय कित्तामा किनेको सेयर अहिले सय रुपैयाँमा बिक्री नहुने भएपछि उनीहरु पनि डुबेका छन्।
घरजग्गा र गाडीको पनि उस्तै अवस्था छ। करोडमा किनेको घरजग्गा र गाडी लाखमा बिक्री नहुने अवस्था आएको छ। किनकि मानिसहरुसँग पैसा छैन । भएकाहरुले लुकाएका छन्।
दुई वर्षअघि ज्यालादारी गरेको दिनमा हजारदेखि पन्ध्र सय दिइन्थ्यो। तर,अहिले पाँच सयमा गर्छु भन्दा समेत पाइदैंन। प्रत्येक घर वा परिवारमा झगडा छ,रुवाबासी छ,सहकारी र लद्युवित्तले पैसा खाइदिएर।
अब बैंकले पनि बचतकर्ताहरुलाई त्यँही हालतमा पुप्याउने बताएको छ। निजी संघसंस्था, होटल, रेस्टुरेन्टm पसल इत्यादिमा काम गर्नेहरुलाई तलबबिना नै कामबाट निकालिएको छ।
हिजो महिनाकै ५० हजारसम्म तलब खानेहरु अहिले दश हजारको काम गर्छुभन्दा पनि काम पाइरहेका छैनन्। बजारमा महंगी हवात्तै बढेको छ। घरायसी काम गर्नेहरुलाई पनि तलब दिइएको छैन।
उमेर हुनेहरु त रोजगारीका लागि खाडी पुगिरहेका छन्। तर, उमेर पुगिसकेकाहरु यहाँ बाँच्न नसक्ने अवस्था आएपछि आफ्रनै जन्मथलो (गाउँघर) फर्किन थालेका छन्। अहिले मालपोत र यातायात कार्यालयमा सुनसान छ । घरजग्गा र गाडीको किनबेच नै छ।
व्यापारीहरु पनि पसल खोल्नु मात्र हो, बहनी समेत नहुने बताउँछन्। आत्महत्या गर्नेको संख्या हवात्तै बढेको छ। बाटोमा माग्ने, चोर्ने, लुट्नेको पनि संख्या बढेको छ। अहिले सर्वसाधारण प्रधानमन्त्री प्रचण्डलाई सोध्छन्,आफ्नो पद जोगाउन कहिले कांग्रेस, कहिले एमालेसँग टाँसिने, अनि यँही हो राजनीति उथुलपुथुल ?’
प्रचण्डसँग नैतिकता भए उनले तत्कालै प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने जनता बताउँछन्। ०४८ सालदेखि ०७० सालसम्म भक्तपुर क्षेत्रनम्बर १ बाट नारायणमान बिजुक्छेले मात्र निरन्तर चुनाव जितिरहे। जुन मन्त्रालय मागेपनि दिने भन्दै राजनीतिक दलका नेताहरु उनलाई सरकारमा लैजानका लागि फर्काउन उनको घरै पुगे।
तर, बिजुक्छेले मन्त्रीको लोप गरेनन्। र, सरकारमा गएनन्। आफु बुढो भएको भन्दै ०७४ सालको निर्वाचनमा बिजुक्छेले आफ्नो सट्टामा प्रेम सुवाललाई उम्मेदवार बनाए। बिजुक्छेको इमान्दारिता देखेर भक्तपुरका जनताले सुवाललाई पनि जिताए। ०७९ सालको निर्वाचनमा पनि सो क्षेत्रबाट सुवालले नै जिते।
०४८ सालदेखि ०७९ सालसम्म निरन्तर यो क्षेत्रबाट मजदुर किसान पार्टीले नै चुनाव जितिरहेको छ। जनता सबै राजनीतिक दलका नेताहरुको मूल्यांकन गर्छन्। प्रचण्डले देश र जनताको लागि काम गर्न सक्दैंन भनेर अहिले नेपाली जनताले बुझिसकेका छन्। ०५२ फागुल्न १ गते प्रचण्डको कमाउण्डरमा जनयुद्धको सुरुवात भयो।
जनयुद्धको अन्त्यपछि भूमिगतबाट सार्वजनिक भएपछि बुझ्रदा उनको तीन छोरीसहित एक छोरा गरी चार सन्तान रहेको बुझियो। तर, जनयुद्धको समयमा प्रचण्डले आफ्नो एक जना पनि छोराछोरी गुमाएनन्। १७ हजार नेपालीका १७ हजार छोराछोरी जनयुद्धमा मारिए। कतिपयको एकै जना सन्तान थियो। यसले गर्दा उसको वंश नै सकियो।
अहिले ती बुढा आमाबुबाहरु जनयुद्धमा मारिएका आफ्ना छोराछोरी सम्झिएर रोएर बसेका छन् । प्रचण्डले जनयुद्धमा त आफ्नो कोही गुमाएनन्। तर, पछि आफ्नो एक÷एक छोराछोरीसहित श्रीमती पनि गुमाएका छन्।
प्रचण्ड विगतमा १७ हजार नेपाली मारेर सत्तामा आएका हुन्। र, अहिले पनि कहिले कांग्रेस त कहिले एमालेलाई भप्याङ बनाएर प्रधानमन्त्री पद जोगाइराखेका छन्। हिजो जनयुद्धमा आफ्नो सबै गुमाएकाहरुले अहिले केही पाएनन् । कोही खाडी पुगेका छन् त कोही भारतमा गएर गार्ड बसेका छन्।
कतिपय त मागेर खाइरहेको पनि भेटिन्छ। जनयुद्धको समयमा आफ्नो परिवार भारतमा लगेर राखे। र, आफु पनि त्यँही बसे। अहिले आएर भने आफ्नो एउटी छोरीलाई मेयर,अर्कीलाई स्वकीय सचिव, बुहारीज्वाईँलाई मन्त्री र भाई सांसदबाट राष्ट्रियसभा अध्यक्ष बनाउन लागिएको छ। आफ्नो नजिकका मान्छेलाई पनि पटकपटक मन्त्री बनाए।
अहिले जनताले बुझिसकेका छन् कि प्रचण्ड फट्याहा, दलाली हुन्। नौंटकी गर्न उनलाई कसैले भ्याउँदैन। उनी एकैछिनमा गोही आँसु झार्छन् त एकैछिनमा जिब्रो फेर्छन्।
हिजो जनयुद्धमा दाउरासुरुवाल लगाउने व्यक्ति शोषक, सामन्ती हो भन्दै मुला काटिएझै काटियो। ०६५ सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले कोट, पेन्ट लगाएर राष्ट्रपतिबाट शपथ ग्रहरण गरेका थिए।
यता, ०७९ पुस ११ गते फेरि प्रधानमन्त्री भएर राष्ट्रपतिबाट शपथ खाने समयमा दाउरा सुरुवाल लगाएर खाए। अनि यस्तो व्यक्तिमाथि पनि जनताले विश्वास गर्नुहुन्छ ? जनयुद्धकै समयमा माओवादीका कार्यकर्ताले सानो व्यापारी तथा कर्मचारीलाई समेत चन्दा माग्थ्यो। चन्दा नदिएमा कि त मारिन्थ्यो कि माओवादीमै लाग्नुपथ्र्यो।
गत वर्षको पुस ११ गतेभन्दा अगाडि वा प्रधानमन्त्री हुनुपूर्व प्रचण्ड ठेकेदारको घरमा बस्थे। जनयुद्धको समयमा ठेकेदार, व्यवसाय गर्नेहरुलाई माफिया,दलाली गर्ने उनी पछि आफैं ठेकेदारको घरमा बस्न पुगे। अहिले प्रचण्ड कस्तो व्यक्ति हुन् ? भनेर जनताले बुझिसकेका छन्। ०७९ मंसिर ४ गतेको निर्वाचनमा जनताले माओवादीलाई भोट दिएनन्।
माओवादी ३२ सिटमा खुम्चियो। ०६४ सालको निर्वाचनमा १२१ सिट जितेको र धेरै ठाउँमा थोरै भोटको हारेको माओवादी ०७९ सालको निर्वाचनमा ३२ सिटमा आइपुगेको हो। जनताले त माओवादी र प्रचण्डलाई नै चिने। यो पार्टी र पार्टी नेतृत्व प्रचण्ड देश र जनताको लागि काम गर्न सक्दैंन भनेर जनताले त बुझे।
तर, कांग्रेस, एमाले र सानो दलहरुले भने माओवादी र प्रचण्डलाई अझै चिनेको छैन। जसको फाइदा अहिले प्रचण्ड उठाइरहेका छन्। जनताले त माओवादीलाई उहिल्यै नङ्गाइदिएका हुन्। बिडम्वना, कांग्रेस र एमाले भने अहिले पनि प्रचण्डलाई बोकेर हिँडिरहेका छन्।
अहिले देश बर्बाद अवस्थामा पुगिसकेको छ। जुन सुकै बेला देश दुर्घटनातर्फ जान सक्छ। त्यसकारण अब माओवादीलाई साइडमा राखेर कांग्रेस र एमाले मिलेर सरकार चलाउनुपर्छ। देशलाई बचाउनुपर्छ।