सुन प्रकरणमा भन्सार कर्मचारी र सरकारी वकिललाई पनि कारबाही सिफारिस
काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले सरकारी वकिल र भन्सारका कर्मचारीलाई पनि कारबाही गर्न सिफारिस गरेको छ।
जिल्ला सरकारी वकिलको कार्यालयका उपन्यायाधीवक्ता जनकराज घिमिरे र वासुदेव शर्मालाई कारबाही गर्न सिफारिस गरेको छ । सुन तस्करी प्रकरणमा सीआईबीले गरेको त्रुटिमा अभियोगकर्ताको पनि जिम्मेवारी हुने भएको भन्दै आयोगले दुई जनालाई कारबाहीलाई सिफारिस गरेको हो।
घिमिरे अहिले सरुवा भएर उच्च सरकारी वकिलको कार्यालय पाटनमा छन्। आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोखरेल र भन्सार अधिकृत मुक्ति श्रेष्ठलाई पनि कारबाही गर्न सिफारिस गरेको छ।
भन्सार जाँज पार गरेको ६० किलो सुन राजश्व अनुसन्धान विभागले २ साउनमा बरामद गरेको थियो । त्यसबेला प्रमुख भन्सार प्रशासक पोखरेल विदामा थिए । तर, नैतिक जिम्मेवारी हुने भन्दै आयोगले कारबाहीका लागि सिफारिस गरेको छ।