रसुवामा केन्द्रबिन्दु भएर भूकम्पको धक्का
काठमाडौं। रसुवा जिल्ला केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार जिल्लाको जुरे ढुङ्गा केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
बिहान ९ बजेर ४४ मिनेट जाँदा भूकम्प गएको थियो। भूकम्पको तीव्रता ४ म्याग्निच्युडको रहेको थियो।
यसअघि फागुन २८ गते बाजुराको जुगाडा भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो।