हुम्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु,पाँच घाइते
काठमाडौं।हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका-४ मा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँच जना घाइते भएको जानकारी दिए।
सु.प ०१००१ नम्बरको गाडी आज दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो। उनका अनुसार मृतक र घाइतेको उद्धार कार्य भइरहेको छ।
दुर्घटनाबारे विस्तृत जानकारी प्राप्त नभइसकेको प्रहरीको भनाइ छ। दुर्घटनामा पर्ने सावरी स्थानीय धनमल महताराको रहेको बताइएको छ।
त्यस्तै हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका-४ मा आज भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएका दुई जनाको सनाखत भएको छ।
मृत्यु हुनेमा अदानचुली गाउँपालिका-५,का अन्दाजी ३५ वर्षीय फागुने लोहार र १३ वर्षीय प्रवेश ऐडी रहेका छन्। जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी नरेन्द्र चन्दलेका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन्।
शनिबार अदानचुलीको श्रीनगरबाट वडा नम्बर-५ को बारीगाउँ जाँदै गरेको सु ००१ ज ११८३ नम्बरको बोलेरो जिप बेलुका करिब चार बजेतिर दुर्घटनामा परेको चन्दले जानकारी दिए।
जिप सडकभन्दा केही तल खसेको छ। घाइतेहरूलाई अस्पतालमा लैजाने काम भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।जिपमा सात जना सवार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।