४ असईसहित २३ प्रहरी सम्पर्कविहीन,सात दिनभित्र हाजिर हुन निर्देशन
काठमाडौं। प्रहरी प्रधान कार्यालयले दुई महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका २३ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
आफूखुसी गैरहाजिर रहेका र खोजतलास गर्दा समेत नआएका प्रहरीलाई सार्वजनिक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालय नक्सालले २३ जनालाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।
गैरहाजिर हुनेमा प्रहरी सहायक निरीक्षकदेखि कार्यालय सहयोगीसम्म छन् ।
प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी दिएको छ।
हेर्नुस् सूची