उपनिर्वाचनको लागि नेकपा एसले टुंग्यायो उम्मेदवार
काठमाडौं। नेकपा एकीकृत समाजवादीले वैशाख १५ गते हुने उपनिर्वाचनको लागि आफ्नो उम्मेदवार टुंग्याएको छ।
नेता झलनाथ खनालका अनुसार नेकपा एसले प्रतिनिधिसभाअन्तर्गत इलाम २ मा जीतबहादुर राई र बझाङको प्रदेशसभातर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
इलाममा राई र बझाङमा सिंह उम्मेदवार बन्ने निश्चित भएको तर पार्टीले औपचारिक निर्णय गर्न बाँकी रहेको उनले बताए।