गृहमन्त्रीमाथि अनुसन्धान गर्न समिति गठन नगरे संसद चल्न नदिने कांग्रेसको निर्णय

काठमाडौं। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति गठन नगरे संसद बैठक चल्न नदिने निर्णय गरेको छ।

मंगलबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन नगरे संसद चल्न नदिने निर्णय गरेको हो।

साथै कांग्रेसले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुनुपर्ने कांग्रेस नेता रमेश लेखकले जानकारी दिए।

‘तत्काल सहकारी ठगीका बारेमा संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ,बैठकपछि लेखकले भने,कांग्रेस संसद अवरोध गर्न चाहँदैन,तर नेपाली कांग्रेसको माग प्रति सरकार गैरजिम्मेवार भयो भने संसद अवरुद्ध भयो भने सरकारले लिनुपर्छ।