लागुऔषध सहित काठमाडौंबाट दुई महिला पक्राउ

काठमाडौं। प्रहरीले लागुऔषध सहित काठमाडौँको सिनामंगल स्थित सुकुम्वासी बस्तीबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन घर भएकी ३५ बर्सिया लक्ष्मी परियार र काठमाडौँ महानगरपालिका–९ सिनामंगल बस्ने मिना बस्नेत छन्।

काठमाडौं महानगरपालिका–९ स्थित सुकुम्वासी बस्तीमा लक्ष्मी परियारको डेराबाट १ केजी ९८० ग्राम लागुऔषध पोल्यान्ड बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए। उनको साथबाट प्रहरीले ६ हजार नगद बरामद गरेको छ।

बस्नेतको डेराबाट प्रहरीले डाइजेपाम ९५ एम्पुल, नुफ्रिन २४ एम्पुल र फेनारगन ४७ एम्पुल बरामद गरेको छ। बस्नेतको साथबाट ४ लाख १० हजार नगद बरामद गरिएको एसपी अधिकारीले जानकारी दिए। आरोपीहरूको साथबाट प्रहरीले ४ लाख १६ हजार नगद बरामद गरेको छ।