सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीले गरे दाबी पेस
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)संसदीय दलका नेता दीर्घ सोडारीले दाबी पेस गरेका छन् ।
उनले बिहिवार दिउँसो ४ बजे प्रदेश प्रमुखलाई भेटेर मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्।
पसोडारीले नेकपा माओवादीका १०, एमालेका १०, नागरिक उन्मुक्तिका २, स्वतन्त्र १ र एकीकृत समाजवादी पार्टीका ४ जना सासंदको लिखित सर्मथन जुटाएर मुख्यमन्त्रीका लागि दावी पेस गरेका हुन्।
वैशाख ४ गते साँझ ६ बजेतिर स्पष्ट बहुमत नरहेको भन्दै सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले पुनः मुख्यमन्त्रीमा बहुमत जुटाएर दाबी पेस गर्न आह्वान गरेका थिए।
यसअघि नागरिक उन्मुक्ती पार्टीबाट दुई जनाले स्पष्ट बहुमत आफूसंग भएको भन्दै मुख्यमन्त्रीका लागि दाबी पेश गरेपछि प्रदेश प्रमुखले दुई दिन थप समय लिएका थिइ।