विश्वकप अघि नेपाली क्रिकेट टोलीले वेस्ट इन्डिजमा अभ्यास गर्ने
काठमाडौं। नेपालको राष्ट्रिय क्रिकेट टिमले विश्वकप अघि वेस्ट इन्डिजमा प्रशिक्षण र अभ्यास गर्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले मे ७ देखि १५ सम्म वेस्ट इन्डिजमा रही वैदेशिक प्रशिक्षण र अभ्यास गर्नेछ।
नेपालले वेस्ट इन्डिजमा सेन्ट भिन्सेन्टमा अभ्यास गर्ने क्यानले जनाएको छ। हाल नेपाली टोली वेष्ट इन्डिजकै ए टिमसँग घरेलु मैदानमा ५ खेल सम्मेलित टी-२० सिरिज खेल्दैछ।
नेपालले वैशाख १५ गतेबाट त्रिवि मैदानमा विश्वकपको तयारी स्वरूप घरेलु मैदानको खेल सकेपछि वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको छ।