बढ्यो फलफूलको मूल्य,कुनको कति ?

काठमाडौं । यस वर्ष अधिकांश फलफूलको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्षको तुलनामा यो वर्ष स्याउ, अंगुर , स्ट्रबेरी , मौसम, जुनारलगायत अधिकांश फलफूलको भाउ बढेको छ।

स्ट्रबरीको भाउ सबैभन्दा बढी किलोमा ७५ रुपैयाँले बढेको छ। गत वर्ष ३५० रुपैयाँ किलो पर्ने स्ट्रबरीको मूल्य यस वर्ष ४२५ रुपैयाँ पुगेको छ।

तुलनात्मक रुपमा धेरैजसो फलफूलको मूल्य वृद्धि भएता पनि भुइँकटरको मूल्य भने किलोमा ५५ रुपैयाँले घटेर ११० रुपैयाँ पुगेको छ। यस्तै केरा र हरियो तरबुजाको मूल्य पनि यस वर्ष बढेको छ। हाल केरा प्रतिदर्जन १३५ रुपैयाँ र हरियो तरबुजा किलोको ४० रुपैयाँमा बिक्री भइरहेको समितिले जनाएको छ ।

कुन फलफूलमा कति मूल्य वृद्धि