वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो १ सय ७३ रनको लक्ष्य
काठमाडौं। टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको हो।
वेस्ट इन्डिजका लागि एलिक आथान्जेले नटआउट रहँदै सर्वाधिक ४२ रन बनाए। उनले २९ बलमा १ चौका र ३ छक्का हिर्काए।
कप्तान रोस्टन चेसले २३ बलमा ३३ रन बनाए । त्यस्तै, ओपनर जोनसन चार्ल्सले २० बलमा २४ रन तथा म्याथ्यु फोर्डेले १२ बलमा २३ रनको योगदान दिए ।
नेपालका लागि सोमपाल कामी र सागर ढकालले शानदार बलिङ गरे। सोमपालले ४ ओभरमा मात्र १६ रन खर्चेर ३ विकेट लिए भने सागरले २ ओभरमा १७ रन खर्चदै ३ विकेट हात पारे। अविनाश बोहराले १ विकेट लिए।
वेस्ट इन्डिजले ३–१ ले शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ। पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो । त्यसपछि भने नेपालले लगातार तीन खेल गुमाउन पुग्यो।
दोस्रो खेलमा १० रनले हारेको नेपालमा तेस्रो खेल ७६ रनले पराजित भयो। चौथो खेलमा घरेलु टोली २८ रनले स्तब्ध बन्न पुग्यो।