झलनाथको प्रष्टीकरण-मैले पार्टी फुटाउने हल्ला सुनियोजित

फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो नेतृत्वमा पार्टी फुटाउन लागिएको भनेर सुनियोजित रुपमा हल्ला फैलाइएको बताएका छन्।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित भएपछि नेकपा एस पनि फुट्न लागेको चर्चाकाबीच पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले बुधबार विज्ञप्ति जारी गद सो प्रष्टीकरण दिएका हुन्।

उनले पार्टी विरोधी छुद्रतापूर्ण प्रचारबाट होसियार बन्न र पार्टीको नीतिनिष्ठ एकतालाई खँदिलो बनाउन समेत पार्टी पंक्तिलाई आग्रह गरेका छन्।

खनालले मुलुकमा राजनीतिक शक्तिहरू ध्रुवीकरण हुने प्रक्रिया तीव्र रूपले अघि बढिरहेको गत २१ फागुनबाट मुलुकमा नयाँ राजनीतिक समीकरणले आकार लिएको पनि बताएका छन्।