काँग्रेसले प्रतिशोधको राजनीति ग-यो: अध्यक्ष ओली

फाइल तस्वीर

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले प्रतिशोधपूर्ण राजनीति गरिरहेको आरोप लगाएका छन्।

डेढ वर्ष प्रधानमन्त्रीको प्रस्ताव गरेको काँग्रेसले आफूले भनेको नमानेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाएर प्रतिशोधपूर्ण ढंगले राजनीति गरिरहेको ओलीको आरोप छ।

शुक्रवार पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले उपप्रधानमन्त्री लामिछाने सहकारी प्रकरणमा निर्दोष रहेको कुरा महान्यायाधिवक्ताको कार्यालयले समेत स्पष्ट पारेको जिकिर गर्दै ओलीले यस्ता कुरामा संसदीय छानविन समितिको माग गरेर काँग्रेसले राजीनामा माग्ने खेल शुरु गरेको दाबी गरे।

पहिला प्रधानमन्त्रीको प्रस्ताव गरेको काँग्रेसले फेरी लामिछानेमाथि नभएको अभियोग लगाउने कोशिस गरेर छुुद्र राजनीति गरेको ओलीको भनाई थियो।

‘महान्यायाधिवक्ताको कार्यालय भन्दैछ–केही पनि छैन। उहाँहरु विभिन्न पृष्ठमा नाम उल्लेख भएका कुराहरु खोजेर हिँड्नुहुन्छ,ओलीले भने, यो भन्दा अगाडिको बैठकमा भन्नुभयो।

उहाँको नाममा नगरौं। सहकारीको अवस्थाको बारेमा छानविन गरौं। मैले भने अब सहकारीको अवस्थाको बारेमा के छानविन गर्ने ? सहकारीमा बेथिति भएको छ कि छैन ? भन्दा छ। हिनामिना भएको छ कि छैन ? भन्दा छ।

सहकारीमा लगानीकर्ताहरु डुबाइएको छन कि छैनन् भन्दा छ। कुन कुन सहकारीको अवस्था के छ, त्यो पनि थाहा छ। अब रिसर्च गर्ने त्यो भन्दा रु सरकारले कदम चाल्न प¥यो अब कसरी यो समस्याको समाधान गर्ने। अब सरकारले कदम चालेर समस्याको समाधान गर्नुपर्यो।

ओलीले कसैले उजुरी हालेको भरमा छानबिन समिति बनाउने कुरा उचित नभएको र त्यसलाई मान्ने पक्षमा आफूहरु नरहेको अडान पनि राखे।