गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण
धनगढी। नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसमर्पण गरेका छन्। वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए।
रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जनाएको छ।
नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन्।
ओड साङ्गीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन्।