सभामुखले छलफलका लागि दलका नेताहरुलाई बोलाए

काठमाडौं। सभामुख देवराज घिमिरेले आज दलका नेताहरुलाई छलफलका लागि बोलाएका छन्। उनले नीति तथा कार्यक्रमको तयारीबारे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेता तथा प्रमुख र मुख्य सचेतकहरूलाई बोलाएका हुन्।

छलफल दिउँसो २ बजे सभामुख घिमिरेको कार्यकक्ष सिंहदरबारका हुने उनको नीजि सचिवालयले जनाएको छ। सरकारले जेठ १ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जनाएको छ।

२८ गतेदेखि सुरू भएको संसदको बर्खे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट पेश गर्ने हुनेछ। तर, सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानविन समिति बन्नुपर्ने माग राखेर संसद अबरोध गर्दै आएको छ।