नियमित खोप छुटेका बालबालिकालाई आज खोप लगाइने

काठमाडौं। सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते (आज) खोप दिने भएको छ।

स्वास्थ्य सेवा विभागको खोप शाखाका अनुसार बृहत् खोज र खोप अभियानअन्तर्गत आज खोप दिन लागिएको जनाएको छ। अभियानमा पाँच वर्षसम्मका बालबालिकालाई १५ महिनाभित्र लगाइसक्नुपर्नेमध्ये छुटेको भए सोही खोप दिन लागिएको हो।

खोप देशभरका सबै सरकारी स्वास्थ्य संस्थाहरूबाट दिइनेछ। राष्ट्रिय खोप तालिकाअनुसार शिशु जन्मिएदेखि १५ महिना पूरा हुँदासम्म विभिन्न रोगविरुद्धको १८ मात्रा खोप पूरा गर्नु पर्छ।