सहकारी गठको सम्पत्ति रोक्का गरी जनतालाई राहत दिनुपर्छः सांसद भण्डारी

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद चन्द्र भण्डारीले सहकारी ठगी गर्नेहरुको सम्पत्ति रोक्का गरी जनतालाई राहत दिनुपर्ने बताउनुभएको छ।

पछिल्लो समय सहकारी गठीको क्रम मौलाउँदै गइरहेको समयमा गृहमन्त्री रवि लामिछाने लगायतका दर्जनौं नेताहरु सहकारी ठगीमा चर्चामा आइरहेका छन्।

सोही प्रशंगलाई लक्षीत गर्दै सांसद भण्डारीले जनप्रतिनिधिहरुले अरबौं ठगेर फरार रहेकाले तिनिहरुको सम्पत्ति रोक्का गरी पीडितलाई राहत दिनुपर्नेमा जोड दिनुभयो।

उहाँले आज आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘सहकारीबाट जनता ठगिएका छन्। जनप्रतिनिधीहरु समेत अरबौं ठगेर फरार छन १११ छिटो भन्दा छिटो तिनीहरुको सम्पत्ति रोक्का गरी जनतालाई राहत दिनु पर्दछ।

नेतृत्वको कमी कमजोरी, लोभ र राजनीतिक अस्थिरतामा ठगी र भ्रष्टाचार मौलाउॅंदो रहेछ।