क्रिप्टोकरेन्सी र सट्टेबाजीमा २ अर्ब १ करोड बढीको कारोबार गर्ने एक जना पक्राउ

काठमाडौं। प्रहरीले विभिन्न अनलाइन ब्याटिङ साइटमा क्रिप्टोकरेन्सी र सट्टेबाजी कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी काभ्रे मण्डनदेउपुर-८ स्थायी घर भई भक्तपुर बस्दै आएका २४ वर्षका अनिल ढुंगानालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

अपराध अनुसन्धान कार्यालय प्रमुख सानुराम भट्टराईका अनुसार ११ वटा कनेक्ट आइपीएसमा ५५ वटा बैंक खाता लिंक गरी ४८ करोड ८० लाख बढी रकम कारोबार गरेको र विभिन्न माध्यमबाट दुई अर्ब १ करोड बढीको कारोबार गरेको खुल्न आएको छ।

१५ वटा वालेटहरू प्रयोग गरी पाँच करोड बढी कारोबार, ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख बढी कारोबार गरेको भेटिएको र बिनान्सबाट दुई खाता प्रयोग गरी २ सय ४३ वटा विभिन्न क्रिप्टोकरेन्सीको हाल नेपाली मूल्य एक अर्ब ३४ करोड बराबरको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ।

ढुंगानाले सामाजिक सञ्जालमा जुवा ३ सय ६५ नामको पेज चलाएर प्रचार गर्दै आएका उनले अनिल साहको नामबाट भारतीय आधार कार्ड, पान कार्ड, दिल्ली मेट्रो कार्ड, भारतीय एचडीएस बैंकको चेकबु एटिएम कार्ड र एरटेल कम्पनीको सीमकार्ड प्रयोग गर्ने गरेको पनि खुल्न आएको छ। उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ।