नेपाल तरुण दलको बैठकमा कुटाकुट

सांकेतिक तस्वीर

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय समिति बैठकमा हानाहान भएको छ। सोमबार बत्तिसपुतलीको अनुपम फुड्ल्याण्डमा बसेको केन्द्रीय समिति बैठक अध्यक्ष विद्धान गुरुङ र सरोज न्यौपाने पक्षबिच कुटाकुट भएको हो।

गुरुङ समूहका दिल लामालाई न्यौपानेले समूहका रोहित लामाले कुटपिट गरेको आरोप छ। न्यौपानेले तरुण दलको नयाँ कमिटी आएको ३ वर्ष कट्न लागेपनि केही गर्न नसकेको आइतबार स्टाटस लेखेका थिए।

अध्यक्ष गुरुङ नेतृत्वको कमिटीले मुद्रा (पौसा)संकलन र जन्मदिनको केक काट्ने बाहेक अरू काम गर्न नसकेको उनको टिप्पणी थियो। आफूलाई तरुण दलको केन्द्रीय सदस्य हो भन्न नि लाज भइसकेको पनि लेखेका थिए।

सामाजिक सञ्जालमै गुरुङ र न्यौपाने समूहबिच आरोप–प्रत्यारोप चलेको थियो। गुरुङ र न्यौपाने समूहबिच विवाद बढ्दै जाँदा केन्द्रीय समिति बैठकमा कुटाकुट भएको देखिन्छ। तरुण दलमा दुई वटा समूहमा रहेका गुरुङ र न्यौपाने भाउ पार्टीमा सभापति शेरबहादुर देउवा पक्षमा मानिन्छन्।