दलका प्रमुख सचेतकहरूसँग परामर्श गर्दै सभामुख

काठमाडौं। सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन्। सभामुख घिमिरेले संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्नुअघि दिउँसो १२ः ३० बजे प्रमुख सचेतकहरूसँग परामर्श गर्न लागेका हुन्।

अपरान्ह ३ बजे संसद्का दुवै सदनको संयुक्त बैठक बस्दैछ। बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यसअघि संसदको कार्यव्यवस्था समिति बसेर संयुक्त बैठकको तयारी र कार्यसूची निर्णय गर्नुपर्ने छ। सभामुखले यिनै विषयमा परामर्श गर्न प्रमुख सचेतकहरूसँग बस्न लागेका हुन्।