प्रचण्डले रवि बोक्दा: कांग्रेसको धम्की,भ्रातृ संगठन सडक ल्याउने चेतावनी

काठमाडौं। जनताको समस्या उठाउने नाममा प्रमुख प्रतिपक्षी नेपालीकांग्रेस सत्ता गठबन्धन फुटाउने दाउमा छ। यही बुझेका कारण एमाले जुनसुकै हालतमा सहकारी बारे छानविन गर्न संसदीय छानविन समिति नबनाउने बाटोमा छ।

जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई नै पनि यो समीकरण छोड्न त्यति सहज नहुँदा कांग्रेसले देखेको सपनाकाचुनौती के के हुन् त?

वर्तमान सत्ता गठबन्धनको प्रमुख एक घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सत्ताबाट हटाउन सके गठबन्धन फुटाउन सकिने भन्दै यो प्रयासमाअहिले कांग्रेस लागि परेको छ।

एकातर्फ जनताका मुद्दा उठाएजस्तो पनिहुने अर्कातर्फ उपप्रधानतथा गृहमन्त्रीरवि लामिछाने नै पछि हटे सत्ता धर्मराउने छ। अर्कातर्फ एमाले फकाउन नसकेको कांग्रेसलाई कम्युनिस्ट एकभएमात्रै पनि रसातलमापुगिने थाहा छ।

जसको संकेत इलाम २ कै उपनिर्वाचनमा देखिँदाआफैँले बनाएका कारण यो समीकरण बचाउनुपर्ने दवाबमा एमाले छ। फलतः रविमाथि प्रसस्त प्रमाणहरु भएपनि सत्ता ढल्ने डरकै कारण एमाले अध्यक्ष केपीशर्मा ओली रविलाई बोकिरहेका छन्।

यही समीकरण बलियो बनाउन उसले चाहेकै मन्त्रालय दिने देखि उपनिर्वाचनमा मित्रवत प्रतिस्पर्धा सहने काम गरेका ओली ढाल बनेर उत्रिएका छन्।

समीकरणकै भविष्यका लागि जसपा फुटाउने तथानागरिक उन्मुक्ति पार्टीलाइ भिडन्त गराउने उनले कांग्रेसले दिएको समीकरणको अफर नै स्वीकारेका थिएनन्।

त्यस्तै यो गठबन्धन कसैगरी टिकाउने विश्वास दिलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई घेराबन्दी गर्ने आशामा रहेका उनीयसैले रवि सकिने आशामा समेत छन्।

त्यस्तै प्रचण्डलाई नै सबै कार्यकाल प्रधानमन्त्री हुन दिने मात्रै नभएर प्लान बाँकीछ भन्दै माओवादी धम्काउन समेत एमाले नेताहरुले भ्याइरहेका छन्।

माधवकुमार नेपालको खटपटी र प्रचण्डको लचकताले शंशकित उनीहरु प्रचण्डलाई नयाँ समीकरण निर्माणको बहाना नै नदिने रणनीतिमै देखिन्छन्।

यता,कांग्रेस भने रविमाथि छानविन भएकम्तिमा गठबन्धन फुट्ने आशामा छ।जसले तरल रहेको वर्तमान राजनीतिकअवस्था ठोस बन्ने सपना देखेको उसले त्यसपछि मात्रै वैकल्पिक समीकरण निर्माणको आधार तय हुने निष्कर्ष निकालेको छ।

बरु त्यसका लागि प्रचण्डलाई नै पनिबोक्न सकिने संकेत गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले कम्तिमा कम्युनिस्टहरुमा दरार ल्याउनुपर्ने बुझिसकेका छन्।

यही रस्साकस्सीमा भड्किएका उपेन्द्र यादव,माधव नेपाल र बदलिदो परिस्थितिमा आफ्ना लागिअनुकूलहुँदै गएको उनको बुझाई हुनसक्छ। तर गठबन्धन फुट्न भने त्यति सहज छैन।

एक त प्रचण्ड नै बोक्न कांग्रेसलाई नैतिकताको प्रश्न रहँदा ओलीवा प्रचण्डलाई नै समीकरण परिवर्तन गरे अस्थिरताको ट्यागको डर छ।

त्यस्तै छताछुल्ल प्रमाणका कारण आफ्नै नेताले साथदिने अवस्था नरहँदा छानविन समिति नै बने पनि रास्वपाले सत्ता छाड्ने सम्भावना कम छ।

हुन त प्रचण्ड कसै गरी सत्तामा बस्ने रणनीतिमा छन्। यही गन्जागोलमै पनिउनले विगतमा कांग्रेसले दिने भनेको कार्यकालको समय कटाउने छन्।

त्यसपछिको निरन्तरताका लागि नयाँ रणनीति बुनिरहेका प्रचण्ड त्यसको ग्यारेन्टी कांग्रेसले पो गर्छ कि भन्ने आशामा समेत छन्। जुन आशा केही दिन अघिसम्म माधव नेपाल प्रधानमन्त्री हुने चर्चाले कमजोर बनाउँदाअहिले त्यो अवस्था समेत छैन।

यही कारण सत्ता धर्मराए प्रचण्डले नै कांग्रेस तिर हामफाल्ने सम्भावनालाई भने नकार्न सकिँदैन। प्रतिकूलअवस्थाकाबीच पनि रवि मार्फत घेराबन्दी गरिरहेको कांग्रेसले पनि चाहेको यही हो।