सुनको मूल्य घट्यो,चाँदी बढ्यो

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँ तोकेको छ।

सोमबार १ लाख ३८ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ।

चाँदीको भाउ भने बढेको छ। सोमबार तोलाको १ हजार ७१५ रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ।