बढ्यो सुनचाँदी मूल्य,कतिमा हुँदैछ कारोबार ?
काठमाडौं।बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य तोलामा १ लाख ३८ हजार ४ सय रुपैयाँ तय गरेको छ।
अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा सुन कारोबार भएको थियो। सुनको मूल्य यसअघि वैशाख ९ गते हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।
चाँदीको मूल्यमा भने नयाँ रेकर्ड बनेको छ। यसअघि वैशाख ९ गते र हिजो प्रतितोला १ हजार ७४० रुपैयाँको उच्च रेकर्ड बनाएको चाँदी आज १ हजार ७४५ रुपैयाँ कायम भएको छ।