कुमारी बैंकले बिक्रीमा ल्यायो संस्थापक शेयर
काठमाडौं। कुमारी बैंक लिमिटेडले ३ लाख १४ हजार १४० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमै कम्पनीले यी शेयर बिक्री खुला गरेको हो।
यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनी एवम् अन्य व्यक्ति तथा संस्थाहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्नुपर्नेछ।
इच्छुक खरिदकर्ताहरूले जेठ १८ गते अपरान्ह १ बजेभित्र आवेदन पेश गर्नुपर्नेछ। तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ २० गते विहान ११ बज खोलिने कार्यक्रम समेत तय भइसकेको छ। यो शेयर बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।