अखिल (क्रान्तिकारी)ले जलायो गृहमन्त्रीको पुतला,आइतबार देशव्यापी शैक्षिक हडताल गर्ने घोषणा
काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी)ले देशभर उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको पुतला जलाएको छ।
बिहीबार सो सङ्गठनले आफ्ना संयोजक मिलन राईलाई पक्राउ गरिएको विरोधमा देशभर गृहमन्त्रीको पुतला जलाएको सचिवालय सदस्य तथा फ्याक्सन इन्चार्ज हरिकृष्ण गजुरेलले बताए।
संयोजक राईलाई तत्काल रिहाइ नगरे देशभरका शैक्षिक संस्था बन्द गर्नेदेखि अन्य दबाब मूल्क कार्यक्रम गर्ने र त्यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मा राज्यले लिनुपर्ने नेता गजुरेलले बताए।
केही दिन अगाडी प्रहरीले राईलाई राजधानीको बालाजु क्षेत्रबाट पक्राउ गरेको थियो भने उनीविरुद्ध प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ। संयोजक राईको रिहाइ नभए आइतबार देशव्यापी शैक्षिक हडताल गर्ने घोषणा गरिएको नेता गजुरेलले बताए।
बिना कारण संयोजक राईलाइ प्रहरी प्रशासनले दुख दिने निहेत राखेर पक्राउ गरिएको नेता गजुरेलको दाबी छ।अहिलेका गृह मन्त्री रवि लामिछानेले जनताको सेवा गर्छु भनेर उल्लटै जनतालाइ नै दुख दिन सुरू गरेको नेता गजुरेलले आरोप लगाएका छन्।
त्यस्तै संयोजक राईलाइ तत्काल रिहाइ नगरे देशभर आन्दोलन चर्काउने चेतावनी समेत नेता गजुरेलले दिएका छन्। बिना कारण दुख दिए चुप लागेर नबस्ने बताए।