पार्टी छोडेकालाई फर्केर आउन उपेन्द्र यादवको आग्रह

फाइल तस्वीर

काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छोडेर गएकाहरूलाई आफ्नो पार्टीमा फर्कन आग्रह गरेका छन्।

शुक्रबार आह्वान पत्र जारी गर्दै यादवले सबैलाई मूलधारको पार्टीमा फर्कन आग्रह गरेका हुन्।

यादवले भनेका छन्, ‘जसपा नेपालबाट अलग भएर जानु भएका विभिन्न तह तप्काका साथीहरूलाई मूलधारमा फर्कन आह्वान गर्दछौँ।

उनले जसपा नेपाल विशिष्ट सोच, सिद्धान्त र एजेन्डा बोकेको पार्टी भएको दाबी गरेका छन्। जसपा नेपाल समाजवादी आन्दोलन, पहिचान, संघीयता र गणतन्त्रका सवालमा प्रतिबद्ध रहेको यादवको भनाइ छ।