विद्या भण्डारी चिरागको गजलसंग्रह लौरी हजुरबुवाको सार्वजनिक

चितवन। गजलकार विद्या भण्डारी चिरागको बाल गजलसंग्रह लौरी हजुरबुवाको एक कार्यक्रमका बीच भरतपुरको निर्वाणा रिसोर्टमा विमोचन सम्पन्न भएको छ।

यो बाल गजलसंग्रह बालबालिकालाई नैतिक शिक्षासम्बन्धी हजुरबुवाको दिनचर्यामा आधारित भएर सचित्र प्रकाशित भएको छ।२० वटा गजलसँग राखिएका चित्र शिक्षक नविनभक्त अधिकारीले बनाएका हुन्।

पण्डित निलकण्ठ पौडेल स्मृति प्रतिष्ठान गुठीले प्रकाशन गरेको चिरागको यो आठौं कृति हो। कार्यक्रममा सभापति साहित्यकार लकाश पौडेलले गरेका थिए भने प्रमुख अतिथि गीत गज़लकार गोविन्दराज विनोदी रहेका थिए।

कार्यक्रममा बोल्दै अतिथि प्राध्यापक डा. कर्ण बहादुर बानियाँले बाल गजलसंग्रहको समिक्षा गर्दै यो बालबालिकाको मनोविज्ञान र हजुरबुवाको दैनिकी समेटेर लेखिएका गजल संग्रहित भएकोले उत्कृष्ट भएको बताए।

कार्यक्रममा विशिष्ट अतिथि भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति ईन्द्र रेग्मीले शुभकामना व्यक्त गर्दै गजलकार विद्या भण्डारी चिरागको साहित्य आकाशमा उल्लेखनीय योगदान रहेको धारणा राखे।

कार्यक्रममा बोल्दै अतिथि केशवराज आमोदीले बाल गजलसंग्रहले बालबालिकालाई नैतिक शिक्षा र आचरणसम्बन्धी ज्ञानको राम्रो प्रयोग गजलमा लेखकले गरेको मन्तव्य राखे।

कार्यक्रममा बोल्दै अतिथि युगीन युवा कवि एवम् उपन्यासकार भूपिन खड्काले गजलकार विद्या भण्डारी चिरागको गजलसंग्रह लौरी हजुरबुवाकोमा पुस्तकको आकार र रचनाको गहनताको विषय बालसाहित्यका रुपमा मुखरित भएको बताए।

कार्यक्रममा बोल्दै साहित्य संगम चितवनका अध्यक्ष छन्द कवि प्रकाश चापागाईंले बाल गजलसंग्रहमा प्रयोग भएका शब्दको सुन्दर प्रस्तुतिकरण गजलकार विद्या भण्डारी चिरागको साहित्यको उत्कृष्ट प्रदर्शन भएको धारणा राख्दै उज्जवल भविष्यको शुभकामना व्यक्त गरे।

स्रष्टा गजलकार विद्या भण्डारी चिरागकी छोरी कवि एवम् चित्रकार सुप्रदिप्ती भण्डारीले कार्यक्रममा बोल्दै उपस्थित सबै सबैमा स्वागत मन्तव्य राखिन्। उनले आफ्नो आमाको आफू पहिलो पाठक भएको समेत खुलासा गरिन्।

कार्यक्रममा बोल्दै अतिथि भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका सदस्य साहित्यकार रामहरि श्रेष्ठले गजल संग्रहलाई बाल मनोविज्ञान र हजुरबुवाको दैनिकी समेटेर लेखिएको एक दस्तावेज भएको बताउदैं गजलकार चिरागको उज्जवल भविष्यको सफलताको शुभकामना व्यक्त गरे।

कार्यक्रममा बोल्दै विद्या भण्डारी चिरागका विद्धार्थी सौरभ न्यौपाने आफ्नो विद्यार्थी कालमा म्याडमको गजल र जीवन उपयोगी नैतिक शिक्षा प्राप्तिको स्मरण गर्दै खुशी व्यक्त गरे। उक्त गजलसंग्रहको चित्रकार नविनभक्त अधिकारीले कार्यक्रमको सफलताको शुभकामना दिए।

कार्यक्रमको सहजीकरण अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि एवं अतिथिहरुमा मायाको चिनो प्रदान गर्दै सभाध्यक्ष लकाश पौडेलले कार्यक्रममा बोल्दै उपस्थित सबै सबै साहित्य अनुरागीहरुमा आभार व्यक्त गर्दै गजलकार चिरागको साहित्य यात्रा अझै शिखरमा पुग्नेछ भन्दै कार्यक्रमको समापन गरे।

कार्यक्रममा चितवन नवलपरासीका विभिन्न प्रबुद्ध साहित्यीक संस्थामा आबद्ध साहित्यकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी सबैलाई अक्षर समुहको आयोजनामा गजल मञ्च चितवनका अध्यक्ष लेखराम सापकोटाले आगामी जेठ १० गते पानोरमा पार्टी प्यालेस तेह्रसाल चोक कृष्णपुरमा कवि उपेन्द्र त्रिपाठीको अक्करे भिरको बाटो हिडेपछि कविता संग्रह विमोचन हुने जानकारी गराए।