प्रचण्ड र ओली मुठभेडमा: सरकारको अवस्था नाजुक,रविले के गर्लान ?
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठनमा दलहरुबीच सहमति जुटेको छ। प्रधानमन्त्री प्रचण्डको सक्रियताकाबीच सहमति जुटेको बताइएको छ।
समिति गठनमा सहमति जुटेपनि त्यसको टीओआर अर्थात कार्यादेशबारे भने सहमति जुट्दै जाने विश्वास गरिएको छ। योसँगै अब संसद सुचारु हुने भएको छ।
यसका लागि कानूनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन भएको छ। कार्यदलमा कांग्रेस, एमाले र रास्वपाका सांसदहरु रहेका छन्। सहकारी ठगी प्रकरणमा दलहरुबीच संसदीय छानविन समिति बनाउने सहमति जुटेको छ।
समसदीय छानविन समिति गठनमा सहमति जुटेपनि त्यसको कार्यादेश कस्तो हुने रु समितिको कार्यक्षेत्र कस्तो हुने लगायतका विषयमा भने आगामी बैठकले टुमगो लगाउने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक समेत रहेका नेता रमेश लेखकले जानकारी दिएका छन्।
सत्ता र प्रतिपक्षबीच लामो समय सिति गठनको विवाद चलेपनि सहमति जुट्न नसक्दा संसदको अन्योलता कायमै थियो । त्यसपछि प्रधामन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेले सहमतिको आशा व्यक्त गर्दै संसद सुचारु गराउनैपर्नेमा जोड दिइरहेका थिए ।
सहकारी ठगी प्रकरणमा समिति गठन गर्ने सहमति जुटेपनि समितिको कार्यादेशबारे छलफल हुने भनिएकाले यसबारे अझैं ढुक्क भइहाल्ने स्थिति भने देखिन्न।
समिति गठन गर्ने सहमति जुटेपनि गृहमन्त्री रवि लामिछानेलाई गृहमन्त्रीको रुपमा काम गर्न नदिनेमा कांग्रेस दृढ देखिन्छ ।
मोडिदै एमालेको आक्रोश
सहकारी प्रकरणमा रवि लामिछानेको संस्थागत बचाउमा उत्रिएको एमालेमाथि सहकारी ठगी प्रकरण र गिरिबन्धु टि–स्टेट प्रकरण भारी बन्ने संकेत देखा पर्न थालेको छ ।
गिरिबन्धुमा रक्षात्मक बनेको एमाले रविको वचाउ गर्दैमा व्यस्त थियो । यस अवस्थामा कांग्रेसले सत्ता पक्षका नेतामाथि राजनीतिक आक्रमण गरेर संसदमा मुठभेड मच्चाउने षडयन्त्रमा जुटेको निष्कर्षमा पुगेको देखिन्छ एमाले ।
एमाले कांग्रेसमाथिको आरोपमा व्यक्ति केन्द्रित बन्न खोजिरहेको देखिन्छ । प्रतिनिधिसभा बैठकमा भएको धकेलाधकेलको क्रममा पूर्वकानूनमन्त्री समेत रहेका कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले एमाले अध्यक्ष केपी ओलीमाथि असभ्य व्यवहार देखाएको भन्दै एमाले थप क्रोधमा देखिन्छ ।
हुनत, एमाले अध्यक्ष ओलीले नै यो विषयमा सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । तर, एमाले अब कांग्रेसप्रति थप आक्रोश पोख्ने मनस्थितिमा भने पुगेको देखिन्छ ।
संसद के होला
सहकारी ठगी प्रकरणमा संसदीय समिति बन्ने भएपछि अब संसद बैठक सुचारु हुने स्थिति बनेको छ। तर, समितिको टीओआर कसरी फर्मेशन हुन्छ भन्ने विषयमा सहमति नजुटेकाले अहिले नै ठोस निर्णय दिने आधार भने बनेको देखिन्न। समिति बन्ने सहमति जुटेपनि टीओआरको विषयमा छलफल हुदै जाने विषयले शंका भने उत्तिकै पेचिलो बनिरहेको छ।