कविडाँडा साहित्य समाजको २१औं वार्षिकोत्सव समारोह, स्रष्टा सम्मान तथा पुरस्कार समर्पण कार्यक्रम सम्पन्न

चितवन।  कविडाँडा साहित्य समाजको २१औं वार्षिकोत्सव समारोह , स्रष्टा सम्मान तथा पुरस्कार समर्पण कार्यक्रम एक कार्यक्रमका बिच निर्भाना रिसोर्ट भरतपुरमा सम्पन्न भएको छ।

कार्यक्रममा सभाध्यक्ष संस्थाका कार्यवाहक अध्यक्ष सिताराम कोईरालाले गरेको कार्यक्रमको सहजीकरण संस्थाका सचिव लेखराम सापकोटाले गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि गजलकार गोविन्दराज विनोदीले सम्मानित साहित्यकारको उज्ववल भविष्यको शुभकामना दिंदै लेखन अझै शसक्त बन्ने आशा व्यक्त गरे।

संस्थाका पूर्व सचिव गणेश श्रवणले कविडाँडा साहित्य समाज दर्तावाल संस्था भएको बताएका थिए। उनले उपस्थित सबै सबै साहित्यप्रेमी मनहरुलाई स्वागत मन्तव्य व्यक्त गर्दै हार्दिक आभार प्रकट गरे।

उक्त कार्यक्रममा कविडाँडा देव खिना स्मृति पुरस्कार २०८१ साहित्यकार खनाल रेवतीरमणलाई, कविडाँडा वाङ्मयी युवा प्रतिभा पुरस्कार २०८१ सिम्रन क्षेत्रीलाई, कविडाँडा अविनाशी कृति पुरस्कार कवि प्रकाश चापागाईंलाई प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै अतिथि अक्षर समुहका अध्यक्ष रमेश प्रभातले पुरस्कार प्राप्त गर्नु भएको साहित्यकारहरुको कृतित्व र व्यक्तित्वका बारेमा प्रकाश पारेका थिए।

कार्यक्रममा बोल्दै अतिथि युगीन युवा कवि भूपिन खड्काले पुरस्कार समर्पण गरिएका पात्रहरूमा अझ जिम्मेवारी थपिएको बताए। कार्यक्रममा बोल्दै अतिथि भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका सदस्य रामहरि श्रेष्ठले कविडाँडा साहित्य समाजका अगुवाहरुले साहित्यको क्षेत्रमा सदैव अब्बल दर्जाका साहित्यकारलाई पुरस्कार समर्पण गरेको बताउदैं सम्मानित सबै साहित्यकारलाई आगामी दिनहरुमा साहित्य आकाशमा उल्लेखनीय योगदान रहने बताए।

कार्यक्रममा बोल्दै सम्मानित सबै सबै साहित्यकारलाई संस्थाका पूर्व उपाध्यक्ष उदय अधिकारीले सम्मानित सबै साहित्यकारलाई बधाई व्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे।

कार्यक्रममा बोल्दै सम्मानित साहित्यकार खनाल रेवतीरमणले सम्मानित हुन पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा साहित्यको जगेर्ना गर्नका लागि थप जिम्मेवार महसुस भएको बताए।

कार्यक्रममा बोल्दै सम्मानित साहित्यकार प्रकाश चापागाईंले यो सम्मानले थप उर्जा दिएको बताउँदै आयोजकलाई मुरीमुरी धन्यवाद दिए।

त्यस्तै सम्मानित साहित्यकार झुमर उपन्यासको लेखक सिम्रन क्षेत्रीले पुरस्कार प्राप्त गर्नु महत्त्वपूर्ण विषय भएर गहिरो जिम्मेवारी पनि थपिएको महसुस भएको बताईन्।

कार्यक्रममा प्रमुख अतिथि गोविन्दराज विनोदीलाई मायाको चिनो प्रदान गर्दै सभाध्यक्ष संस्थाका कार्यवाहक अध्यक्ष सिताराम कोईरालाले उपस्थित सबै सबै साहित्य अनुरागीहरुमा आभार प्रकट गर्दै कार्यक्रम समापन गरे।

कार्यक्रममा चितवन नवलपरासीका प्रबुद्ध साहित्यीक संस्थामा आबद्ध साहित्यकारहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सबै पुरस्कारको नगद राशी पन्ध्र हजार एकसय साठी, सम्मान पत्र र दोसल्ला रहेको थियो।

कार्यक्रमको स्रष्टा सम्मान पत्र कविडाँडा साहित्य समाजका कोषाध्यक्ष नवराज ढुङ्गानाले वाचन गरेर सुनाएका थिए। सम्मानित साहित्यकारहरूलाई सम्मान पत्र र दोसल्ला प्रमुख अतिथि गोविन्दराज विनोदीले ओढाउँदा हल पुरै तालीको गडगडाहटले रोमान्चित बनेको थियो।