बैंकलाई ‘सेफलाइन’ बनाउने र सर्वसाधारण डुबाउने खेलमा राष्ट्र बैंक,सर्वसाधारण सचेत बन्न जरुरी

पछिल्लो समय ठगीको नयाँनयाँ स्वरुप देखिन थालेको छ। बाठाटाठाहरुले ठग्नका लागि विभिन्न पोलेसी ल्याइरहेको पाइन्छ। तिनीहरुको कमाउने पोलेसीमा सीधासाधी परिरहेका छन्। सीधासाधीले भुँइको टिप्न खोज्दा खल्तीको पनि गुमाइरहेको अवस्था छ। हिजो करोडौं सर्वसाधारणलाई बैंक तथा वित्तिय संस्थाले ठगेको छ।

ऋणीको करोडौंको सम्पत्ति बैंक तथा वित्तिय संस्थाले कौडीको भाउमा पचाइदिएका छन् । जसका कारण धेरै सडकछाप भएका छन् । बैंककै कारण आत्महत्या गरेका घटनाहरु पनि छन् । बैंक तथा वित्तिय संस्थाले करोडौंलाई रुवाएको छ । बैंक तथा वित्तिय संस्थाको असली अनुहार देखेपछि आम सर्वसाधारण कर्जा लिनै जान छोडे ।

३० लाख दिएर करोडको सम्पत्ति खाइदिन्छ भन्ने थाहा पाएका सर्वसाधारण कर्जा लिन नगएका हुन् । सर्वसाधारणमा बैंक तथा वित्तिय संस्थाको ठगी कार्यप्रति चेतना आयो । पछिल्लो समय बैंकमा कर्जा लिन जाने कोही पनि थिएनन् । कर्जा लिन आउन नभएपछि बैंकले ठग्न पाएन् ।

यता, बचतकर्तालाई पनि ब्याज दिन नसक्ने अवस्थामा पुग्यो । त्यसपछि नेपाल राष्ट्र बैंकले पोलेसी ल्यायो । धितोको मूल्याङ्कनका आधारमा ७० प्रतिशत धितो दिने भनिएको छ । सर्वसाधारणले ३० प्रतिशत लगानी गर्दा हुन्छ । बैंकले यो लोभ देखाएपछि सीधासाधी त पुनः लोभिएर कर्जा लिन जान्छ ।

बैंकले पहिले कसरी ठगिरहेको थियो ? यो त सबैलाई थाहा नै पाइसके । सेवाशुल्क, ब्याज, हर्जाना जरिवाना भन्दै पैसा असुलिन्छ । तीन किस्ता नतिर्नेबित्तिकै बैंकले धितो नै पचाइदिन्छ । सेवाशुल्क एक प्रतिशत भनिएको छ, लिइन्छ तीन प्रतिशत । ब्याज १२ प्रतिशत भनिएपनि ७५ प्रतिशतसम्म पुर्याइन्छ ।

यो खेल अहिलेदेखि होइन्, पहिलेदेखि चल्दै आएको छ । डेढ करोडको धितो छ भने भ्यालुएशन गर्दा एक करोडको गर्छन्, बैंक तथा वित्तिय संस्था । त्यसमा पनि थोरै कर्जा दिन्छन् र किस्ता तिर्न नसक्नेबित्तिकै सम्पत्ति झ्वाम्म बनाउँछन् । अब अहिले त ७० प्रतिशत कर्जा दिने सरकारको पोलेसी छ ।

बाघले आहारा नपाएपछि आफ्नो स्याहारसुसार गर्नेलाई पनि खाइदिन्छ नि । बैंक तथा वित्तिय संस्थाको हकमा पनि त्यही हो । यिनीहरुले कसैलाई दया लागेर कर्जा दिने होइनन् । आफू कमाउनका लागि अरुलाई सडकछाप बनाउने धन्दा हो । बैंक तथा वित्तिय संस्थाले व्यापार मात्र गर्न खोज्छन् ।

व्यापार गर्नेले कहिले अरुको बारेमा सोच्छ ? यसबारे सर्वसाधारणले अब राम्रोसँग बुझ्न जरुरी छ । आम सर्वसाधारणबाट बैंक तथा वित्तिय संस्था नङ्गिसकेको छ । किन कि हिजो बैंकले गरेको व्यवहार त सर्वसाधारणले देखिसकेका छन् । बैंकले कसैलाई यत्तिकै कर्जा दिने होइन् ।

थोरै रकमका लागि करोडको सम्पत्ति धितो राखिन्छ । बैंकको योजना जसरी पनि धितो पचाउने नै हुन्छ । जुन कुरा सर्वसाधारणले बुझिसकेका छन् । बैंक तथा वित्तिय संस्थाले मान्छेलाई मर्नुपर्नेसम्मको अवस्था बनाउँछ । आफ्नो परिवार नै सखाप पारेको कैयन घटना पनि छन् ।

बैंकले दिएको तनाव सहन नसकेर पहिले परिवारको हत्या, त्यसपछि आफूले आत्महत्या गरेको घटना समाजमा घटिसकेको छ । तर, सरकारलाई त जनताको ज्यान सस्तो छ । बैंकले जे गरेपनि खुल्ला छोडिन्छ । सरकारले नै जनतालाई जति सक्छौं लुट भनेर बैंक लाई इजाजत दिएको छ ।

अनि सर्वसाधारण मर्नुपर्नेसम्मको अवस्थामा पुग्नु स्वाभाविकै हो । राष्ट्र बैंकका गर्भनर नै जनता डुबाउन लागेका छन् । हाल राष्ट्र बैंकले गरेको सो निर्णयमा धेरै चलखेल भएको छ । पर्दाभित्र बसेर सेयर व्यवसायी, घरजग्गा व्यवसायी र अटो व्यवसायीहरुले राष्ट्र बैंकलाई दबाब दिएका हुन्।

सोहीअनुरुप यो पोलेसी ल्याइएको हो। दलालीहरुले आफ्नो फाइदाका लागि केसम्म गरेनन् ? आनाको पाँच हजार नपर्ने जग्गालाई खण्डीकरण गरेर, टुक्राटुक्रा पारेर, प्लानिङ्ग गरेर आनाको ६०–७० लाखसम्म बेच्यो। बैंक तथा वित्तिय संस्थालाई घुस खुवाउने, कर्जा मिलाउने अनि सोझासाझीलाई चंगुलमा पार्ने काम बैंक तथा वित्तिय संस्थाले गरिरहेका थिए।

बैंकले एक सय रुपैयाँ कित्तामा निकालेको सेयर दलालीले चार हजार रुपैयाँसम्म पुर्यायो । छिमेकी मुलुकमा एक लाख नपर्ने सवारी साधन यहाँ ल्याएर लाखौंमा बेचियो । यसमा कर्जा दिने फेरि बैंक नै हो । बैंक कर्जा दिने, व्यवसायी नामका दलालहरुले सीधासाधीलाई ‘मुर्गा’ बनाए।

रातारात नाफा कमाउन पाउने भएपछि बैंक तथा वित्तिय संस्थाले धमाधम यी तीन क्षेत्रमा लगानी गरे।सेवाशुल्क,घुस, चर्को ब्याज खान पाउने भएपछि बैंकले आँखा चिम्लेर कर्जा लगानी गरेको छ। जब जनतामा चेतना आयो, त्यसपछि यिनीहरुको ठगीधन्दा बन्द भयो। सञ्चार माध्यमहरुले पनि सत्यतथ्य बाहिर ल्याइदिए।

त्यसपछि सर्वसाधारणले यहाँ लगानी गरेनन्। सचेत भए। सर्वसाधारण सचेत हुनेबित्तिकै दलालहरु ‘पानीबिनाको माछा’ जस्तै भए । ठग्न नपाएपछि उनीहरु रन्थनिए। यता, बैंक तथा वित्तिय संस्थाको लगानी पनि जोखिममा परेको अवस्था छ । किन कि घरजग्गा, सेयर र गाडीको कारोबार सुस्ताएको छ।

घरजग्गा, गाडी र सेयर किन्ने छैनन्। जसका कारण बैंकलाई धितो लिलाम गर्न पनि सकस परेको छ । बैंकले सावाब्याज जोड्दा धितोको तेब्बर पुगिसक्यो तर लिलाम गर्न सकेको छैन्। त्यसैले पनि अहिलेको पोलेसी ल्याएको छ । बैंकले ७० प्रतिशत कर्जा दिने भएपछि त किन्ने मान्छे आउँछन् भन्ने बैंकले सोचेको छ।

एउटा उखान छ,‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरि’। अहिले राष्ट्र बैंकले ल्याएको पोलेसी पनि त्यही हो । बैंकलाई सेफलाइन बनाउने, सर्वसाधारण डुबाउने। कर्जा पाउने भनेपछि सर्वसाधारणले आफूसँग भएको रकम लगेर लगानी गर्छन्। अनि त्यो तिर्न नसकेपछि फेरि बैंकले खाइदिन्छ।

ठग्न पायौं भनेर आँखा चिम्लेर ठग्दाको नतिजा बैंक तथा वित्तिय संस्थाले खेपिरहेका छन्। राज्यको ऐनकानुन नमान्ने, सर्वसाधारणलाई सेवा पनि नदिने। सरकारले पनि बैंक तथा वित्तिय संस्थालाई छाडा छोडिदियो। सर्वसाधारण लुट्ने अनि हामीले वर्षेनि यति नाफा कमायौ भनेर सार्वजनिक गर्ने।

सीधासाधीलाई धुरुधुरु रुवाएर, सडकको बास पुर्याएर कमाएको नाफाप्रति गर्व गर्ने बैंक तथा वित्तिय संस्थाको जालमा अब सर्वसाधारणलाई फस्नुहुँदैन् । नत्र बैंकले अन्यको पनि त्यस्तै हालत बनाउँछ। बैंक तथा वित्तिय संस्थाको ठगीधन्दा छताछुल्ल भइसकेको छ । सदनदेखि सडकसम्म तिनको ठगीधन्दाविरुद्ध आवाज उठिसकेको छ।

राजनीतिक दलहरु पनि बैंकको असलियत खोलिरहेका छन् । सडकमा बैंकविरुद्ध पटकपटक नाराबाजी भइसकेको छ । सर्वसाधारणले पनि बैंक तथा वित्तिय संस्था ‘चोर’ हो भन्न थालिसकेका छन् । बचतकर्ता र ऋण दुवैले यिनीहरुको ठगीधन्दाबारे राम्रोसँग थाहा पाइसकेका छन् ।

त्यसैले अबपनि दिँउसै अन्धकार पारेर ठग्छु भनेर नसोच्दा पनि होला । यता, विभिन्न उद्योगीहरु पनि बैंकविरुद्ध छन् । बैंकले यति नराम्ररी जालमा फसाए कि उम्किन गाह्रो छ। सर्वसाधारणले अरुको हालत देखेर पनि आफू जोगिनुपर्छ । यो नयाँनयाँ पोलेसीको पछाडि लाग्दा आफ्नो हालत पनि त्यस्तै हुन सक्छ भनेर सोच्नुपर्छ।

हामीले भारी बोक्ने मान्छे देखेका छौं। उनीहरुको लुगा मैलो तर मन सफा हुन्छ। बैंकका कर्मचारीहरु सुकिलामुकिला हुन् तर मन कालो हुन्छ। यो हो भिन्नता। गरिब भएपनि इमान छोड्नुहुँदैन्।

जति आउँछ, त्यतिमै रमाउँछन्। बैंकका कर्मचारी पढेका हुन्छन्, सफा हुन्छन्, मिठो बोल्छन्। मिठो बोलेकै भरमा सीधासाधीको श्री सम्पत्ति सकाइदिन्छन्।सबैभन्दा ठूलो जनता हुन् । जनताको आँखा खुलेपछि जुनसुकै पोलेसी ल्याएपनि ठग्न सकिँदैन्।