सिरोहियाविरुद्ध आज म्याद थप हुँदै, सोमबार अदालतमा उपस्थित गराउने तयारी

काठमाडौं। नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध आज म्याद थप हुँदैछ।

जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई म्याद थपका लागि सोमबार प्रहरीले अदालतमा उपस्थित गराउने तयारी गरेको हो।

मंगलबार साँझ पक्राउ परेका उनलाई धनुषा प्रहरीको हिरासतमा राखिएको छ।

उनलाई स्थलमार्ग हुँदै बुधबार प्रहरीले जनकपुरधाम पुर्‍याएको हो। सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मं‌गलबार साँझ पक्राउ गरेको थियो।

उनलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको थियो। नागरिकता किर्ते प्रकरणमा सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेको थियो।