राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं। राष्ट्रियसभा बैठक बस्दै छ।संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ः३० बजे बैठक बस्न लागेको हो।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिबाट गत जेठ १ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि छलफलको त्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन्।