आज मिति २०८१ साल जेठ १५ गते मंगलबार गणेश भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

 मेष- मनमा चिन्ता बढ्ने योग छ। धनमाल हराउन सक्छ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सामान्य रोगले सताउला। अस्वाभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला। यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्‍याउन सक्छ। नसोचेको ठाउँमा खर्च हुन सक्छ। अन्‍नको काममा लाभ हुने दिन छ।

वृष- भाग्यले साथ दिने छैन। खर्च र लेनदेनमा विवाद बढ्नेछ। संयम भएर काम गर्नुहोला। उत्साहजनक समाचारले हर्ष बढ्नेछ। चिताएको काम पूरा नहुन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्‍नको उचित मूल्य नपाइने समय छ। आफन्त मिलनले सुख दिनेछ। आर्थिक क्षेत्रमा उन्‍नति हुनेछ।

मिथुन- व्यापारमा सफलता पाउनुहोला। यात्रा गर्ने अवसर पनि मिल्नेछ। आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आश मारेको काम बन्‍नाले उत्साह जाग्‍नेछ। सानो प्रयत्‍नले ठूलो काम सम्पादन हुनेछ। पैसो कमाउने योग छ। व्यर्थको खर्चले मन पिरोल्ला।

कर्कट-अधुरा काम बन्‍ने योग छ। नोकरी तथा राजनीतिमा सफल भइएला। प्रशस्तै फाइदा हुनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। धार्मिक अनुष्‍ठान र मंगलमय काम सम्पादन हुन सक्छन्। व्यवसायमा लाभ होला। प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला।

सिंह-काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला। आश्‍वासन दिएर झुक्याउनेहरूले सताउनेछन्। गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला। निश्‍चय भएको काम अचानक बिग्रन सक्छ। साथीभाइबाट धोका होला। वादविवादको सामना गर्नुपर्ला। नयाँ कामका योजनाहरू बन्‍ने सम्भावना छ।

कन्या-व्यापारमा सफलता पाउने यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ। नयाँ कामको शुरुवात खासै राम्रो छैन। कार्यमा हैरानी बढ्न सक्छ। कीर्तिमानी काम सम्पादन हुन सक्छ। विभिन्‍न अवसर पाइनेछ। जागिरको काममा डर हुनेछ। आगो र मेसिनरी सामग्रीबाट जोगिनुपर्ने देखिन्छ।

तुला- दिन मनोरञ्‍जनपूर्ण रहनेछ। व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ। सानातिना समस्या आइरहे पनि दिन मनोरञ्‍जनपूर्ण रहनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्‍न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। धन आर्जनमा राम्रो दिन छ। मान सम्मान मिले पनि मनमा डर रहने छ।

वृश्‍चिक- अप्रत्याशित लाभ हुनेछ। नयाँ कामका स्रोत फेला पर्लान्। नयाँ ज्ञान सिक्ने मौका छ। पढाइमा प्रगति हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्‍नेछन्। अप्रत्याशित लाभ हुनेछ। आज केही हानी हुन सक्छ। मनोरञ्‍जनपूर्ण दिन छ।

धनु-अनावश्यक झमेलामा परिएला। खानामा सावधान रहनु होला। पीडा दिनेहरू सक्रिय रहन सक्छन्। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। गरिआएको कामलाई भने निरन्तरता दिनु होला। अनावश्यक झमेलामा परिएला। बचत हुने सम्भावना छ।

मकर- रमाइलो तरिकाले कामहरू गर्न पाइनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला। लगनशीलताले राम्रै उपलब्धी दिलाउनेछ। प्रतिभा देखाएर अवसर हात पार्न सकिनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। पीडा दिनेहरू सक्रिय छन्, सावधान रहनु होला।

कुम्भ-आफूले सोचेभन्दा बढी नै लाभ हुनेछ। निर्माण तथा व्यावहारिक क्षेत्रमा मन लाग्‍नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन्। व्यापारमा फाइदै हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। राम्रो कमाइका कारण सुख मिल्नेछ। पैसो कमाउने योग छ।

मीन- धनमाल कमाउने दिन छ। व्यावसायिक यात्राको सम्भावना छ। दाम्पत्य जीवन सुखद रहला। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। मिहिनेत गर्दा सफलता प्राप्त होला। काममा प्रशस्त मन जानेछ।