आलु, प्याज र स्याउमा लागेको अभिवृद्धि कर खारेज

काठमाडौं। सरकारले आलु, प्याज, स्याउ लगायतका तरकारी एवम् फलफूलमा लागेको अभिवृद्धि कर खारेज गरेको छ।

मंगलबार संघीय संसदको संयुक्त बैठक वर्षमान पुनले आगामी आर्थिक वष २०८१/८२ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन्।

यसबाट स्वदेशी उत्पादनमा टेवा पुग्ने सरकारको विश्वास छ।

मूल्य अभिवृद्धि कर छुट दिएका वस्तु र सेवाको सूची घटाउँदै स्वच्छ कर प्रणाली विकास गरिने समेत सरकारले बजेटमार्फत् बताएको छ।