सुरक्षाकर्मीको सेवा निवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गर्ने घोषणा
काठमाडौं।सुरक्षाकर्मीहरूको सेवा निवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गर्ने घोषणा गरिएको छ। अर्थमन्त्री वर्षमान पुनले संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेस गर्दै सो घोषणा गरेका हुन्।
प्रहरी र शसस्त्रमा अवकाश हुने उमेर बढाउनुपर्नेबारे छलफल भइरहेको छ। प्रहरी र सशस्त्रको नयाँ ऐनमा त्यसबारे व्यवस्था गर्नेबारे छलफल भइरहेको बेला अर्थमन्त्रीले सो घोषणा गरेका हुन्।
नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागलाई संस्थागत रूपमा सुदृढ र व्यवसायीक बनाउने घोषणा गरिएको छ । अर्थमन्त्रीले कारागारलाई सुधार गृहको रूपमा विकाश गर्ने घोषणा गरेका छन्।
अन्तर्राष्ट्रिय सिमा सुरक्षामा स्थानीय नागरिकलाई सहभागिता र अपनत्व बढाउने कार्यक्रम विनियोजन गर्ने घोषणा गरिएको । नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारलाई सञ्चालनमा ल्याउने घोषणा गरिएको छ।
गृह मन्त्रालयतर्फ १ खर्ब ९९ अर्ब २४ करोड रकम विनियोजन गरिएको छ।