नेपाल र युएईबीचको खेल साउदी अरेबियामा हुने

फाइल तस्बिर

काठमाडौं। फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल साउदी अरेबियामा हुने भएको छ।

समूह एचमा रहेको नेपाल र युएईबीचको खेल जुन ६ (जेठ २४ गते) नेपालको घरेलु मैदान दशरथ रंगशालमा हुने तय थियो। तर एएफसीले दशरथ रंगशालमा विश्वकप छनोटको खेल खेलाउन लायक नभएको भन्दै प्रश्न उठाएपछि नेपालमा हुनुपर्ने खेल अब साउदीमा सरेको छ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० ले सोमबार विज्ञप्ती जारी गर्दै नेपाल र युएईबीचको खेल साउदीको दम्ममानस्थित प्रिन्स मोहम्मद फाहद स्टेडियममा हुने जनाएको छ। खेल नेपाली समय अनुसार राती पौने १० बजे हुनेछ।

एएफसीले दशरथ रंगशालको पिचको कन्डिसन, फ्लड लाइटको अवस्थामा र सुरक्षाको विषयमा प्रश्न उठाएपछि नेपालले घरेलु मैदानमा खेल खेल्न नपाउने भएको हो।

नेपालले होम म्याच घरेलु मैदानमा खेल्न नपाएको यो पहिलो पटक होइन। समूह एच अन्तर्गत नै चैतमा बहराइन विरुद्ध दशरथ रंगशालमा हुनुपर्ने खेल रंगशालकै अवस्थामा कारण नेपालले बहराइनमा गएर खेलेको थियो।

समूह बी मा नेपालले अहिलेसम्म खेलेको सबै चारवटै खेलमा हार बेहोरेको छ। युएईपछि नेपालले समूह्यको अन्तिम खेल यमन विरुद्ध खेल्नेछ।