ओली–प्रचण्डको हाईज्याकमा रास्वपा,गृहमन्त्री रवि धरापमा

काठमाडौं। सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस जति आक्रमक थियाे,सत्ता गठबन्धनका शीर्ष नेताहरु उनीप्रति उत्तिकै नरम र उदार देखिएका थिए। महिनौदेखि सदन बन्धकको बाधक बनेका गृहमन्त्री जोगाउन एमाले अध्यक्ष ओली ढाल बनिरहेका छन्। रवि–ओली जोड्ने रसायन के होला ?

एमाले अध्यक्ष केपी शर्मा ओलीको इसारामा रविको राडर चल्दा लामो समयदेखि संसद बन्धक बनिरहेकाे थियाे। संसदिय छानविन समिती बनाउने सहमति भएपछि अब संसद चल्ने देखिएकाे छ। तर काँग्रेसले चिसाेपनिले नुहाउन बाध्य भएकाे टिप्पणी हुन थालेकाे छ। ओलीले संसद अड्काउने देखि कान्तिपुरका मालिक कैलाश सिरोहियालाई उठाउनेसम्मको काममा ओलीको मौन स्विकृतीले काम गरेको चर्चा छ।

रवि र कांग्रेस भिडाएर भीडको रमिते बनेका ओली र रविबीच जोड्ने रसाईन के हो भन्ने चासो बढेको छ। हिजो टेलिभिजनबाटै ओली निवास बालकोटमा ढुङगा हान्न भिड उछाल्ने रवि र रविको पार्टीलाई भदौंको भेलभन्दै अस्तित्व नस्विकार्ने ओलीबीचको अहिलेको घनिष्टता ताजुब लाग्दो छ।

रवि र प्रचण्डलाई भुङग्रोमा हालेर राजनीतिको रोटि सेक्दै गरेका ओलीले रविलाई जेठो छोरो र रास्वपालाई कान्छो एमालेको रुपमा काँध हान्नु भित्र केही चरीत्र लुकेको देखिन्छ।

नभए हिजो नाम लिदा मुख कुला गर्न खोज्नेहरुले आज सबैलाई मात खुवाउनेगरी मुख जोडेको दृश्यले दालमा केही कालो मात्र हैन दाल पुरै कालो छ भन्ने पुरापुर संकेत गर्छ।

विगत तीन महिनादेखि सार्वभौम संसद बन्धक मात्र छैन दिनहुँको रडाकोले रेस्लिङको रिंग जस्तो बनेको छ। जहा भिड्नकै लागि भेला हुने गरिन्छ।

जनताको आबाज मुखरित गर्ने र नीति निर्माण गर्ने थलो सदनमा सांसदहरुको राजनीतिक बाहुबली प्रर्दशन हुँदा संसदीय गरिमाको धुल्लिसाफ भएको छ। यी सबै राजनीतिक र्गाजात्रामा के सत्तापक्ष के प्रतिपक्ष राजनीतिक दलका शीर्ष नेताहरु रमिता हेरेर रमाई रहेका छन।

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथी छानविन गर्न संसदीय छानविन समितिको माग गर्दै आएको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले शक्ति प्रर्दशन गर्दै आएको छ।

सत्तारुढ गठबन्धन सहमति खोज्नुको सट्टा दागा धर्न उदत्त छ। ओलीले रवि बोकेर कांग्रेससंग कुस्ती खेल्न तयार हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। आफ्नै पार्टी नेताहरु विवादमा मुछिँदा तत्कालन राजिनामा गर्न लगाउनदेखि छानविन गराउन तयार भएका ओली अहिले रविको छानविनको विपक्षमा छन।

एमालेले सार्वजनिक मञ्चमा दिएको अभिव्यक्ति विवादमा परेपछि तत्कालिन कानुनमन्त्री शेर बहादुर तामाङलाई राजिनामा गर्न लगाएको थियो,त्यसतै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा तत्कालीन सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुल बाँस्कोटाले ७० करोड मोलमोलाइ गरेको विवादस्पद अडियो सार्वजनिक हुनसाथ राजिनामा दिन लगाएको थियो।

पार्टीभित्र आफु निकट नेताहरुलाई समेत नछाडेका ओलीले अहिले रविलाई काखी च्यापी रहेका छन। रविलाई बोकेर कांग्रेससँग भिड्दै आएका छन । व्यक्ति विशेष छानविन समितिको विपक्षमा ओली छन।

छानविन समिति नै आवश्यक नरहेको स्पष्ट पार्दै रवि निर्दोष रहेको दाबीसहित उनलाई जोगाउन लागि परेका छन। ओली किन रविको ढाल बनिरहेका छन भन्ने सवालमा अनेक टिकाटिप्पणी राजनीतिक वृत्तमा बहस जारी छ। रवि र ओलीको गठजोडलाई कांग्रेसले सहकारी बन्धुको संज्ञा दिएका छन।

ओली र रविको सहकार्य देखिएको सुमधुर सम्बन्ध केवल राजनीतिक सौदावाजीको रुपमा व्याख्या विश्लेषण भईरहेको छ। गिरीबन्धुले डामिएका ओली र सहकारीके लखेटाईमा परेका रविको पछिल्लो अभिव्यक्तिले प्रतिपक्षको भनाईलाई सहयोग पु¥याएको छ।

यस बाहेक तत्काल ओलीका लागि रवि प्रधानमन्त्री प्रचण्डलाई साइजमा राखेर सत्ताको खेलोफाँडो मिलाउने अस्त्र बनेको अर्को थरी विश्लेषण छ। अर्को प्रचण्डको निर्वाचन क्षेत्र हडपेका रविलाई सहयोग गरेरै गलाउने र राजनीतिबाट गलहत्याउने ओली प्रचण्डको मिलेमतो भएको कतिपयका बुझाई छ।

ओलीले रविलाई अहिले मात्र होइन नागरिकता विवाद प्रकरणमा समेत साथ दिएका थिए। रविलाई गृह दिन ओली अपरझट मानेका थिए। जे होस् राजनीतिमा पुरानो खेलाडी ओली अनि भर्खरै बामे सर्दै गरेका रविको सत्ता स्वार्थ सिद्ध सहकार्यले धेरैको ध्यान तानेको छ। उनीहरुको सहकार्य कतिन्जेल चल्छ अर्को चासोको विषय बनेको छ।