आज दुई संसदीय समितिको बैठक बस्दै

फाइल तस्वीर

काठमाडौं। आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ।संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्ने छ।

बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ।

त्यस्तै विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेछ। बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।