नेपाल प्रहरीका तीन डीआईजीको सरुवा

काठमाडौं। नेपाल प्रहरीका तीन नायब महानिरीक्षक ९डीआईजी० को सरुवा भएको छ। गृहमन्त्रीस्तरीय निर्णयबाट बुधबार डीआईजीहरूको सरुवा भएको हो।

रामदत्त जोशी, लालमणि आचार्य र अर्जुनचन्द ठकुरीलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रधान कार्यालय विशेष ब्यूरो नक्सालमा रहेका जोशीलाई प्रधान कार्यालयमै रहेको प्रदेश समन्वय विभिाग नक्सालमा सरुवा गरिएको छ। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा काजमा खटाउने पनि भनिएको छ।

त्यस्तै आचार्यलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट साइबर ब्यूरो भोटाहिटीमा तानिएको छ। उनलाई नेपाल प्रहरी शिक्षालय भरतपुरमा काजमा खटाइएको छ। अर्जुन चन्द ठकुरीको साइबर ब्यूरोबाट कर्णाली प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ।