गर्मी बढेपछि जनकपुरका विद्यालय ५ दिन बन्द

सांकेतिक तस्बिर

काठमाडौं। अत्यधिक गर्मी बढेपछि जनकपुरधामका विद्यालयहरु आजदेखि पाँच दिनका लागि बन्द भएको छ। जनकपुरधाम उपमहानगरपालिकाले बुधबार एक विज्ञप्ती जारी गर्मीलाई मध्यनजर गर्दै आजदेखि जेठ २१ गतेसम्मका लागि विद्यालयहरुमा बिदा दिएको जनाएको हो।

निमित प्रमुख प्रशासकीय अधिकृत उपसचिव मेहिलाल यादवले सूचना जारी गर्दै वर्षे बिदाबाट कट्टा हुने गरी सामुदायिक तथा संस्थागत विद्यालय पाँच दिन बन्द दिएको जनाएका छन्।

‘प्रस्तुत विषयमा हाल बढ्दो अत्यधिक गर्मीको कारण बाल बालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्य नजर गर्दै मिति २०८१/०२/१७ गते बिहिबार देखि २१ गते सोमबारसम्म जम्मा ५ दिन वर्षे विदाबाट कट्टा हुने गरी यस उप–महानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रशासनिक कार्य बाहेक पठन पाठन बन्द हुने व्यहोरा सम्बन्धित सबैमा यसै सूचना मार्फत जानकारीको लागि अनुरोध छ’ सूचनामा उल्लेख छ।