ओली र प्रचण्ड एकमत: रवि संकटमा,खनिए कांग्रेसमाथि

काठमाडौं। आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेटले निराशा चिर्दै आशाको सञ्चार गराएको दाबी गर्न थालिएको छ। बजेटले मुलुकलाई नयाँ युगतर्फ लैजाने बाटो तय गर्ने विश्वास सरकारले व्यक्त गरिरहेको हो। बजेटमा धेरै सुधार र योजना छनोटमा ध्यान दिइएको दाबी सरकारले गरिरहेको यस अवस्थामा साँच्चै बजेटले आशा छर्न सक्ला त?

आर्थिक वर्ष २०८१÷०८२ का लागि सार्वजनिक भएको बजेटले समाजवादको आधार तय गर्ने विश्वास सत्तापक्षको छ। प्रतिपक्षले बजेट कर्मकाण्डी भनेपनि सरकारले ल्याएको बजेटलाई नीजि क्षेत्रले समेत स्वागत गरिरहेको देखिन्छ।

यता, बजेट कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा सुधारका संकेत देखिने भन्दै प्रधानमन्त्री प्रचण्डले आम रुपमा विश्वास दिलाउन खोजिरहेका छन्।

प्रधानमन्त्रीले बजेटको प्रशंसा गर्नु उनको राजनीतिक धर्म पनि हो। उनीसँगै अर्थमन्त्री वर्षमान पुन पनि बजेट सबै कोणबाट सन्तुलित र उद्देश्य केन्द्रित आएको दाबी गरिरहेका देखिन्छन्।

आफैले ल्याएको बजेट सबै कोणबाट राम्रो भनि सत्तापक्षले जिकिर गर्दै गर्दा प्रतिपक्ष भने बजेट केवल ल्याउनकै लागि ल्याइएको भन्दै व्यङ्ग्य कस्न तम्सिएको छ।

यता,सत्ता पक्ष भएपनि प्रतिपक्षीको व्यवहार भएको भन्दै असन्तुष्ट रहेको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि बजेट सकारात्मक दिशाबाट आएको दाबी गरिरहेका छन्।

यद्यपी,सार्वजनिक बजेट स्रोत सुनिश्चितताको प्रश्नमा घेरिएर आएको दाबी गरिरहेको बेला बजेटको आकार बृद्धि स्रोत अनुमान समितिकै नेतृत्वमा भएको गभर्नरले दाबी गरिरहेका छन्।

यता, बजेटले मुलुकलाई विकास समृद्धिमा लैजान नसक्ने र यथास्थितिबादी बजेट आएको भन्दै खरो प्रश्न गरिरहेको प्रतिपक्षीलाई प्रश्न गर्दै एमाले अध्यक्ष केपी ओलीले भने व्यवस्था फेरिएपछि केहि भएन भन्ने भन्दै आक्रोश पोखेका छन्।

यसरी समग्र राजनीतिक अवस्था हेर्दा बजेटले निराशा छरेको भन्दै आक्रोश र विवाद चल्न थालेपछि सत्ता पक्ष बजेटबारे सकारात्मक सन्देश दिन लागि परेको छ।

यता,नीजि क्षेत्रले समेत बजेट सकारात्मक रहेको भन्दै स्वागत गरिरहेको छ। यद्दपी, सत्ता र प्रतिपक्षीका आ–आफ्ना जिकिर रहेपनि बजेटको वास्तविकता भने बजेट कार्यान्वयनमा गएपश्चात मात्रै खुल्नेछ।