रविको एक निर्णयले प्रहरी नै हैरानमा, सडकमा जे देखियो

काठमाडौं। गणतन्त्र दिवसको छेको पारेर गृहमन्त्री रवि लामिछानेले आफ्नै आधिकारिक फेसबुक पेजबाट घोषणा गरे,अब महिला ट्राफिक प्रहरीले महिनावारीको समयमा सडकमा ४ दिन डिउटी गर्न नपर्ने र मापसे लगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरुले स्वयंसेवकका रुपमा ट्राफिक प्रहरीलाई सघाउनु पर्ने।

झट्ट सुन्दा राम्रो लागे पनि यसको व्यवहारिक पक्ष र कानुनी प्रावधानको विषयमा भने चुनौती रहेको देखिन्छ।ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई कारबाही स्वरुप प्रहरीले स्वयमसेवकका रुपमासवारी व्यवस्थापनमा खटाउन थालेको छ। 

उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि सचेतना कक्षा लिनुपर्ने किसिमका कारबाहीमा परेकाहरुलाई एक घण्टा ट्राफिक स्वयंसेवकको रुपमा खटाउन थालेको हो।

बुधबारदेखि लागु भएको यो नियमका कारण कारबाहीमा परेका सवारी चालकहरुसँग हामीले कुराकानी गर्न खोज्दा धेरैले खुलेर बोल्न मानेनन्। हेरौँ यो भिडियो।

सवारी नियम उल्लंघन गरी कार्वाहीमा परेर स्वयंसेवकका रुपमा खटिएका अधिकांशले आफू ओभर स्पिड, लाइन क्रसलगायतको नियम उल्लंघन गरेपछि कारबाहीमा परेको जानकारी दिए। तर अधिकांशले मादक पदार्थ सेवन (मापसे) का कारण कारबाहीमा परेको स्वीकार गरेनन्।

यसरी सडक चोकमा कारबाहीमा परेका स्वयंसेवकहरुले सडक व्यवस्थापनमा सहयोग गर्दा ट्राफिक प्रहरीलाइ केही राहत त पक्कै होला तर नियमै नजानेका नियम उल्लंघनकर्ताहरु पहेलो ज्याकेट लगाएर सडकमा उभिदा कति भद्रगोल होला ? पक्कै पनि यो विषयमा प्रहरी अधिकारीहरु गम्भीर रुपमा विचार विश्लेषण गरेका छैनन्।

यो नियम प्रभावकारी हुने र मापसे नियन्त्रणमा टेवा पुग्नेमा भने स्वयम् अधिकारीहरु विश्वस्त छैनन्। प्रहरी अधिकारीहरु माथिको निर्देशनको पालना गरेको भन्दै तर्किने गर्छन्। नेतृत्वले हचुवाको भरमा गरेको निर्णयप्रति प्रहरी अधिकारी नै सन्तुष्ट छैनन्।

ट्राफिक नियम उल्लंघनमा कारबाहीमा परेका व्यक्तिहरुलाई कारबाही स्वरुप सडक जस्तो सार्वजनिक स्थलमा स्वयम् सेवकको रुपमा खटाउनु व्यक्तिको गोपनीयता र मानव अधिकारविरुद्धको कार्य हुने भन्दै आलोचनासमेत हुन थालेको छ।

ट्राफिक नियम उल्लंघनका सबै घटनामा एउटै कारबाही हुनुले पनि यो नियम बिना अध्ययन र सनकको भरमा आएको सहजै अनुमान लगाउन सकिन्छ।

सडक बत्तीको उल्लंघन,लाइन क्रस,ओभर स्पिडलगायतका कारबाहीमा परेहरु मापसे कारबाहीमा परेकाहरुसँग मिसिँदा आफूहरुलाई अफ्ठ्यारो परेको उनीहरुको तर्क छ।

ट्राफिक नियम उल्लंघनको कारबाहीमा परेका सबैलाई मापसे कारबाहीमा परेको रुपमा हेरिने सामाजिक दृष्टिकोणले पनि यो नियमबाट व्यक्तिको मानमर्दन हुने केहीको टिप्पणी छ। साथै कतिपयले गृहमन्त्री लामिछानेको स्टन्डबाजीको रुपमा यसलाई ब्याख्या गरेका छन्।

महिला ट्राफिक प्रहरीको हकमा महिनावारी भएका बेला महिनामा ४ दिन बिदा दिनुलाई सकारात्मक रुपमा लिइए पनि नियम उल्लंघनकर्तालाई स्वयंसेवकका रुपमा सडकमा परिचालन गर्नु व्यवहारिक रुपमा प्रभावकारी नहुनेमा प्रहरी अधिकारीहरुकै मत रहेको छ।

साथै यो नियमविरुप्रहरी अधिकारीहरुकै मत रहेको छ। साथै यो नियमविरुद्ध जनआवाज बढ्दै जाने र धेरै समय नटिक्नेसम्मका विश्लेषण भइरहेको छ।