माधव नेपालले दोहोरो चरित्र देखाए: मन्त्री भण्डारी

धनगढी। सुदूरपश्चिम प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको दोहोरो चरित्रका कारण सुदूरपश्चिममा एमाले सरकारमा सहभागी हुन नसकेको बताएका छन्।

बिहीबार धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै उनले माधव नेपालले सत्तामा रहेर कांग्रेल लगायतका प्रतिपक्षीसँग पनि छलफल चलाइरहेको भन्दै यस्तो भूमिकाले स्वयंलाई क्षति हुने बताए।

मन्त्री भण्डारीले भने,त्यो प्रवृत्ति लामो समयसम्म रहँदैन। छिटै त्यसको निरूपण हुन्छ। त्यही कारणले सुदूरपश्चिम सरकारले पूर्णता पाउन सकेको छैन।

सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री छन्। सोडारीको नेतृत्वमा सरकार गठन भएको एक महिना वितिसक्दा पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन्। एमालेले अझै पनि सरकारमा जाने निर्णय गरेको छैन।