श्रम मन्त्रालय युवालाई विदेश पठाउने मन्त्रालय होइन: श्रममन्त्री अर्याल

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम मन्त्रालय युवालाई विदेश पठाउने मन्त्रालय नभएको र त्यस्तो भाष्य बन्नु दुःखद विषय भएको बताएका छन्।

आज मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’को विराटनगरमा आयोजित उद्घाटन समारोहमा मन्त्री अर्यालले श्रम मन्त्रालय युवालाई विदेश पठाउने मन्त्रालय हो भन्ने भाष्य परिवर्तन गर्न पनि श्रमाधान रोजगार मेला फलदायी हुने विश्वास व्यक्त गरे।

युवालाई विदेश पठाउन घर घर, गल्ली गल्ली गएर खोज्ने काम भइरहेको छ,उनले भने, ‘तर आन्तरिक रोजगारीका लागि कतैबाट खासै पहल भएको पाइँदैन, हामीले यसमा परिवर्तन ल्याउन जरुरी छ, मेला यसको सुरुवात बन्ने विश्वास छ।