सिभिल अस्पतालले माग्यो विभिन्न पदमा कर्मचारी

काठमाडौं। निजामती कर्मचारी अस्पतालले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। अस्पतालले आज एक सूचना जारी गर्दै विभिन्न पदमा दरखास्त आह्वान गरेको हो।

लोक सेवा आयोगबाट प्राप्त सहमति बमोजिम रिक्त पदमा कर्मचारीहरूको सेवाका सर्त र सुविधा विनियमावली, २०७० को विनियम १५ क बमोजिम खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नु पर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असार ६ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।