घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं। सरकारले पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ। नेपाल आयल निगमले पेट्रोलको प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो।

निगमका अनुसार शुक्रबार नै भारतीय आयल कर्पोरेशनले पेट्रोलको मूल्य प्रतिलिटर ४।४२ रुपैयाँ घटाएर नयाँ मूल्यसूची पठाएको थियो । यस्तै डिजेलको मूल्य प्रतिलिटर २।४५ रुपैयाँ घटेर आएको थियो।

सरकारले बजेट वक्तव्यमार्फत सरकारले लगाएको हरित करसमेत जोडेर निगमले मूल्य समायोजन गरेको जनाएको छ। सरकारले हरित करको रूपमा पेट्रोल र डिजेलमा रु १ प्रतिलिटर कर लगाउने घोषणा बजेटमार्फत गरेको थियो।

घटेको मूल्यअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ। निगमले लागू गरेको नयाँ मूल्य शनिबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुनेछ।

निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हाल यथावत् रहेको जनाएको छ।