सत्ता गठबन्धनको भविष्य संकटमा: प्रचण्ड र ओली थर्कमान बनाउदै माधव,के रवि सत्ता छाड्दै छन् त?

काठमाडौं। अंकगणितीय रुपमा बलियो भए पनि सत्ता गठबन्धनको भविष्यबारे विभिन्न प्रश्न उठ्न थालेका छन्। जब कि प्रतिपक्षीको घेराबन्दी हटिसकेको छ भने यो गठबन्धन कायम राख्न जे सुकै गर्न तयार हुने प्रमुख घटक एमालेले बताउँदै आएको छ।

त्यस्तै रास्वपासमेत एमालेको इसारा बाहिर जान नसक्ने अवस्थामा स्वयम् प्रधानमन्त्री नै सरकारको भविष्यबारे बोल्दै हिँड्नु पर्ने अवस्था किन आयो त ?

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धन तत्काल नभत्किने बताएका छन्। माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले गठबन्धन नभत्किने ब्रिफिङ गरेका हुन्।

वर्तमान सरकारका माओवादी नेता तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले गठबन्धनको भविष्यबारे प्रश्न गरेका थिए। बाहिर आएको हल्लाले वर्तमान समीकरणको भविष्य कसरी सुनिश्चित हुन्छ ? भन्ने उनको प्रश्न रह्यो भने अन्य सांसदले छानविन समिति बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रिसाएको हो? भनेर सोधे।

गोर्खा मिडिया नेटवर्कको नाम समितिको कार्यादेशमा समेट्ने काम प्रचण्डकै कारण भएको हल्ला र त्यसपछि शान्त बसेको रास्वपाका कारण सांसदहरुले यो शंका व्यक्त गर्दा उनले त्यसमा सत्यता नभएको जवाफ दिए।

विशेषतः यो अवस्थामा माधवकुमार नेपालले विपक्षी दलको बैठकमा सहभागी भएका विषय उठ्दा त्यसबारे पनि माओवादी सांसदहरु संशकित देखिए।

हिजोका दिनमा जनता समाजवादीले छाडेको र अब माधवले पनि छोडे सत्ता गठबन्धनमा आफ्नो साथ र सहयोग गर्ने कोही नहुने उनीहरुको आशयका बीच प्रचण्डले आफैँले माधव नेपाललाई देउवा निवास पठाएको भन्न भ्याए।

आफूले पनि केही दिन अघि प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको सन्दर्भ सुनाउँदै उनले दलका नेताहरूबीच भेटघाट गर्दैमा राजनीतिमा कुनै फरक नपर्ने बताएको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए।

तर गज्जब त के छ भने हिजोका दिनसम्म माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न गएकोमा प्रचण्ड नै संशकित सुनिएका थिए । माधवको बेचैनीलाई जुनसुकै हालतमा उनी प्रधानमन्त्री हुने बाटोको रुपमा व्याख्या गरिँदा नेकपा एकीकृत समाजवादी कै अर्का नेता झलनाथ खनालले देखाएको आक्रोशले अझ प्रश्न उठाएको थियो।

जहाँ ओलीले पूरै कार्यकाल प्रचण्ड नै प्रधानमन्त्री हुने बताइसकेपछि कम्तीमा एक वर्ष प्रधानमन्त्री हुने नेपालको चहानामा धक्का लागेको छ।

यता जसपाको विषयसमेत अदालतमै विचाराधिन रहेको अवस्थामा माधवले दाबी गरेको आफूसँग २२ सिट रहेकै हिसाब सत्य सावित त हुने हैन भन्ने डर सायद प्रचण्डमा पनि छ। जहाँ एकीकृत समाजवादीका माधव र उनीनिकट नेताहरुले त यो गठबन्धनमा रहन नसक्ने संकेत गरिसकेका छन् ।

तर संसदको अंकगणित वैकल्पिक समीकरणका लागि त्यति सहज छैन । त्यसैले कम्तीमा ८४ सम्म माओवादीलाई प्रयोग गर्नुपर्ने सोचमा एमाले छ।

त्यसैका लागि पुरै कार्यकाल प्रधानमन्त्रीको ललिपप प्रचण्डलाई देखाउँदा प्रदेशमा असहज बन्दै गएको वातावरण घातक हुने त हैन भन्ने डरमासमेत सत्तापक्षीय नेताहरु देखिन्छन्।

जुन माधव विपक्षीको बैठकमै पुग्दा पनि झस्किएका प्रचण्डको अभिव्यक्तिले प्रष्ट पार्दा नेकपा एमालेका नेताहरु भने यो गठबन्धन कसैगरी टिकाउने विश्वास प्रचण्डलाई दिलाउन लागि परेका छन्।

जहाँ मधेशमा जनमतलाई नेतृत्व नै सुम्पिएर देउवाको अस्त्र फिक्का पारिसकेका उनीहरु गठबन्धन विरुद्धका हरेक कदम विफल पार्न लागि परेका छन्।

हुन त बजेटकै विषय होस कि सरकारमा ओलीको पेलानको विषय होस्,माओवादीको एक हिस्सा पनि वर्तमान समीकरणबाट असन्तुष्ट छ।

जहाँ कांग्रेसका नेताहरु एमालेका नेताहरु रविलाई पेल्न परो भन्दै आएको बताउँछन् भने अहिले जोडिएकाहरु विचारले नभई स्वार्थले जोडिएका हुन्।

जहाँ ठूलो दल नेपाली कांग्रेस पनि रवि अस्त्र काम नलागेपछि हरेस खाइहालेको अवस्थामा छैन। बरु सही समयको प्रतिक्षामा रहेका देउवाको यही अवस्थाले सत्ता घटक संशकित हुँदा किनाराकृत हुने प्रचण्डको डर नै सबैभन्दा ठूलो स्वरमा मुखरित भइरहेको छ।