काठमाडौं महानगरले माग्यो २४१ जना नगर प्रहरी
काठमाडौं । काठमाडौं महानगरपालिकाले करारमा नगर प्रहरी जवान नियुक्ति गर्ने भएको छ।
आज एक सूचना जारी गर्दै काठमाडौं महानगरपालिकाले करार सेवामा २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगीका लागि दरखास्त आह्वान गरेको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारहरूलाई योग्यता क्रमका आधारमा करार सेवामा पदपूर्ति गरिने सूचनामा उल्लेख छ।