बजेट एकातिर ढल्किएको जस्तो देखिन्छ: अध्यक्ष ओली

फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट एकातिर ढल्किएको जस्तो देखिएको बताएका छन्। आगामी आर्थिक वर्षको बजेटसरकारमा सहभागी दलहरुसँग परामर्श नगरी ल्याउँदा रकमको बाँडभाँडपनि ढल्केजस्तो देखिन गएको टिप्पणी गरे।

छलफल गरेर बजेट आएको भए धेरै राम्रो बजेट हुन सक्थ्यो। छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो देखिन गएको छ। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने।

उनले बजेट अर्थमन्त्री र उनको दलको जस्तो बनेको टिप्पणी गरेका छन्। शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै यो विषय गम्भीर त्रुटि रहेको भन्दै संसदमा खुलस्त छलफल गर्ने बताए।

सांसदहरुले आफ्नो क्षेत्रमा बजेटको अवस्था के छ, कटौती भएको छ र अन्य क्षेत्रमा गएको छ भने कुरा उठाउन सक्ने उनले बताए।

‘हामी बजेटलाई समर्थन गर्छौं र पारित गर्छौं। यसको अर्थ बजेटमा रहेको कुनै पनि कमी औंल्याउनुहुँदैन भन्ने होइन’, उनले भने ‘यदि एउटालाई अनुकुल अर्कोलाई प्रतिकुल भयो भने त्यो कुरा भन्नुपर्छ।